अपहरण तथा शरिर बन्धक घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ चैत २८ गतेदेखि ०७९ जेठ २९ गतेसम्म बर्दघाट नपा–१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।
पीडितकी आमाका अनुसार नाबालक छोरीलाई विभिन्न प्रलोभनमा देखाएर विगत दुई महिनादेखि बन्धक बनाएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते जिल्ला अस्पताल गरिएको र सोही दिन परिवारको जिम्मा लगाइएको डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…