अपहरण तथा बलात्कार कसुरमा १२ वर्ष कैद सजाय फैसला

  ०७९ पुस २५ गते

१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २४ गतेको अन्तिम आदेशले कसुर ठहर हुने भन्दै थापालाई कैदसँगै ३० हजार क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताउँनुभयो ।

०७८ भदौ ९ गते बालिकालाई अपहरण गरि बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले थापालाई ०७८ भदौ २७ गते चितवनबाट गिरफ्तार गरि कात्तिक ७ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

थापा जिल्ला अदालतको ०७८ कात्तिक ८ गते आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।


सिर्जना पन्त