अपहरण घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ ३१ गते

१७ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा तिरहुत गाउँपालिका-३ पिपराही टोलका ४५ वर्षीय बिनोद रजकलाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ । फरार आरोपितविरुद्ध ०८० फागुन २२ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पीडितलाई २०८० पुस ९ गते साँझ आरोपित बिनोद रजक, निजकी पत्नी ४२ वर्षीया प्रमिलादेवी रजक र उनिहरूका छोरा २२ वर्षीय रामु रजकले अपहरण गरी मोटरसाइकलमा लगी शरिर बन्धक बनाएको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा फागुन २१ गते उजुरी दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन २१ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता गरेको छ । फरार आरोपितहरूविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा बिनोद गिरफ्तार भएको र अन्य फेला नपरेको इन्स्पेक्टर अवधकिशोर ओझाले बताउनु भयो ।


मनोहरकुमार पोखरेल