अपहरण गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
६१ वर्षीय जेष्ठ नागरिकलाई अपहरण गरी शरीर बन्धक गरी डाँका चोरीसमेत गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले ककनी गाउँपालिका–४ का ३१ वर्षीय राजकुमार तामाङ र तादी गाउँपालिका–५ का २७ वर्षीय राजेन्द्र तामाङलाई जनही १९ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले भदौ १६ गते कसुर गरेको ठहर गर्दै कैद सजायसँगै जनही १ लाख ९० हजार रुपियाँ जरिवाना, जनही २ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा जनही ७ हजार ६ सय रुपियाँ दाखिला गराउने फैसला गरेको अदालतकी स्रेस्तेदार खेमकुमार बस्नेतले जानकारी दिनुभयो ।
अपहरण तथा शरीर बन्धकतर्फ ११ वर्ष कैद सजाय र डाँडाचोरीतर्फ ८ वर्ष कैद सजायको फैसला भएको हो ।
कसुरदारहरूले सवारी चालक व्यवसायमा संलग्न ककनी गाउँपालिका–४ का ६० वर्षीय सूर्यबहादुर तामाङलाई ०८० माघ २२ गते राती बिरामीलाई अस्पताल लैजान गाडी लिएर आउन बोलाएर अपहरण गरी रातभरी बन्धक बनाएर माघ २३ गते छाडेका थिए ।
४५ लाख रुपियाँ फिरौती माग गरेकोमा पछि सात लाख रुपियाँ दिने भनेर कसुरदारका मानिसहरूलाई काठमाडौँमा पैसा लिन बोलाएर प्रहरीले गिरफ्तार गरेपछि अपहरित तामाङलाई कसुरदारहरूले छाडेका थिए ।
कसुरदारहरूला२ ०८० माघ २३ र २४ गते गिरफ्तार गरी प्रहरीले मुद्दा चलाएको थियो । यो घटनामा संलग्न भएको आरोप लागेका शिवपुरी गाउँपालिका–८ का २३ वर्षीय चन्द्रबहादुर तामाङ, ककनी गाउँपालिका–८ का ४३ वर्षीय सन्तोष तामाङ, ककनी गाउँपालिका–४ की २६ वर्षीया प्रविता तामाङले भने सफाई पाएका छन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…