अपहरणमा परेका बालकको हत्या, दुई जना अपहणकारी भिडन्तमा मारिए
काठमाडौँ महानगरपालिका-३२ टाउनप्लानिङ्बाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको प्रहरीले जनाएको छ ।
मध्यपुर ठिमी नगरपालिकाको नगदेशस्थित निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव तीन फिट तल हिलोमा गाडिएको अवस्थामा आज मध्यान्ह शव भेटिएको प्रहरीले बताएको छ ।
बालकको अपहरण गरी अपहरणकारीले ४० लाख रुपियाँ फिरौती माग गरेको बालक खड्काको परिवारले जनाएको छ । बालक खड्का हाइलेन स्कुल काँडाघारीमा कक्षा ६ मा अध्ययनरत रहेका थिए ।
अपराध महाशाखाको टोलीसँगको भिडन्तमा भक्तपुर सुर्यविनायक मन्दिरमाथि रहेको जङ्गलमा दिउँसो संग्दिग्ध अपहरणकारीसँग भिडन्त भएको थियो ।
अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि उनीहरूले गोली प्रहार गरेपछि प्रहरीले जबाफी फायर गर्दा दुई जना संग्दिग्ध अपहरणकारी मारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले बताए ।
भिडन्तमा मारिनेमा सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङ रहेको महागरीय प्रहरी परिसर भक्तपुरका एसपी श्रेष्ठले बताए ।
घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र अपहरण पश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको जनाएको छ ।
सविना केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…