अपहरणमा परेका एक बालिकाकाे प्रहरीद्वारा उद्धार
अपहरणमा परेका ६ वर्षीया बालिकालाई ०८१ जेठ २१ गते इलाका प्रहरी कार्यालय, ईश्वरपुर, सर्लाहीको सहयोगमा उद्धार गरिएको छ । उद्धारपछि बालिकालाई महोत्तरी जिल्ला प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
बालिकालाई गौशाला नगरपालिका-१० बटुवाका ५८ वर्षीय लालबाबु मण्डलले जेठ २० गते अपराह्न घरबाटै अपहरण गरी डरत्रास देखाई आफ्नो घरमा राखेका थिए । त्यस्तै, बालिकाका आफन्तले बालिकाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय गौशालालाई जानकारी गराएपछि मण्डलले बालिकालाई जेठ २१ गते बिहान सर्लाहीको ईश्वरपुर नगरपालिका-५ का वडा सदस्य जलेश्वर राम महराको घरमा लगेका थिए ।
यता वडा सदस्य महरालाई मण्डलमाथि शङ्का लागेपछि सोही दिन इलाका प्रहरी कार्यालय, ईश्वरपुरलाई जानकारी गराएका थिए । जानकारी लगत्तै प्रहरीले पीडित बालिकाको उद्धार गरी परिवारजनको जिम्मा लगाएको छ भने मण्डललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । साधुको भेषमा आएका मण्डलले अपहरण गरी डरत्रास देखाउनुका साथै कुटपिट गरेको पीडितले बताउनु भयो ।
त्यस्तै, बालिकालाई अपहरण गर्नुको कारण स्पष्ट हुन नसकेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोखरेलले जानकारी दिनु भयो ।
बालिकाको स्वस्थ्य परिक्षण जेठ २१ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…