अपरिचित व्यक्तिहरूको समूहको गोली प्रहारबाट एक जना मजदुर घाइते
लालबन्दी नपा–१ नबलपुर बस्ने ३० वर्षीय जयनाथ महतोलाई असार १४ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरी घाइते बनाएको छ ।
लालबन्दी नपा–१ नवलपुरमा ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा महतोलाई मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको हो ।
महतोको दाहिने हातमा गोली लागेको छ । महतोलाई नवलपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठोरले जानकारी दिए ।
गोली प्रहार कसले र किन गरेको हो ? खुल्न नसकेको उनले बताए । गोली हानी फरार उनीहरूको खोजी कार्य भइरहेको डिएसपी राठोरले बताए । हतियारधारी समूहले गोली प्रहार गरी जङ्गलको बाटो हुँदै पूर्वतर्फ भागेको स्थानीयले बताए ।
वुधन साह
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…