अपरिचित व्यक्तिहरुद्वारा पत्रकारमाथि कुटपटि, पीडित पक्षद्वारा उजुरी दर्ता
रेडियो धनगढी र धनगढी खबर डटकमका सम्वाददाता शेरबहादुर ऐरमाथि फागुन २७ गते अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।
पीडित पत्रकारीमाथि आक्रमण गरी घाइते बनाउने व्यक्तिहरुलाई गिरफ्तरा गरी कार्वाहीको माग गर्दै पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
सोसाइटी अफ इन्टरनेश्नल मेडिसिन अफ नेपाल (साइम) ले फागुन २७ गते धनगढीमा आयोजना गरेको सिकलसेल एनिमियाको सवालमा चिकित्सकहरुसँग आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीे भएको र शौचालयमा जान लागेको समयमा अपरीचित व्यक्तिहरुले पछाडीबाट धारिलो वस्तु टाउँकोमा प्रहार गरी घाइने बनाएको पीडित पत्रकार ऐरले बताउनु भयो ।
विगत केही समयदेखि स्वास्थ्य क्षेत्रमा भइरहेका विकृतीका सन्दर्भका समाचार सम्प्रेषण गरेका कारण मेडिकल माफियाहरुले आफूमाथि आक्रमण गरेको हुन सक्ने पीडित पत्रकार ऐरको आरोप छ ।
सम्प्रेषण भएको समाचारप्रति चित्त नबुझेमा कानुनी प्रकृया हुँदाहुँदै पत्रकारको ज्यान मार्ने उद्देश्यले गरेको आक्रमण निन्दनीय भएकोले घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषण गरेको पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष हिमाल जोशीले बताउनु भयो ।
पीडित पक्षबाट ठाडो निवेदन आएकाले घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी देवेन्द्र पाले बताउनु भयो ।
आक्रमणबाट टाउँकोमा गहिरो चोट लागेकाले फागुन २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार गरी सोही दिन घर फर्केको पीडितले बताउनु भयो ।
घटनाको निन्दा तथा भत्र्सना गर्दै पत्रकार महासंघ, शाखा कार्यालय, कैलाली र रेडिओ धनगढीले फागुन २८ गते विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य गरी कार्वाहीको माग गरेको छ ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…