अपरिचित व्यक्तिहरुको समूहद्वारा विद्यालयमा आगजनी
लालझाँडी गाउँपालिका–४ पर्सियास्थित भृकुटी विद्यालयमा ०८१ असार २ गते राति अपरिचित व्यक्तिहरुको समूहले आगजनी गरेका छन् ।
विद्युत काटिएको समयमा अपरिचित व्यक्तिहरुले गरेको आगजनीबाट विद्यालयको पाँच ओटा कक्षा कोठा, कागज–पत्र, पुस्तक, फर्निचर, पङ्खाहरु, विद्यालयको छाना, ढोकालगायतका समाग्री पूर्ण रूपमा जलेर नष्ट भएको विद्यालयका सस्थापक भक्त रानाले बताउनु भयो । आगजनीका कारण विद्यालयमा ३ लाख भन्दा बढीको क्षति भएको उहाँले बताउनु भयो ।
घटनामा संलग्नहरुको खोजी गर्न र आगजनीबाट भएको क्षतिको विवरण संकिलनका लागि ईलाका प्रहरी कार्यालय, शंकरपुरमा असार ४ गते निवेदन दिएको सस्थापक रानाले बताउनु भयो ।
आगजनीबाट विद्यालयमा हुनगएको क्षतिको विवरण संकलन तथा घटनामा संलग्न व्यक्तिहरुको जोखी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय, शंकरपुरका प्रहरी हवल्दार हिरासिंह महराले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…