अपरिचित व्यक्तिले वडा कार्यालयमा तोडफोड

भोटखोला गाउँपालिका–३ को वडा कार्यालयमा तोडफोड भएको छ । वडा कार्यालयको झ्याल फुटाएर कार्यालय पसेको नचिनेको व्यक्तिले कार्यालयको सामान तोडफोड गरेको वडाध्यक्ष आम्दिक भोटेले बताए ।

माघ १६ गते बिहान कार्यालय पुग्दा तोडफोड भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । माघ १५ गते काम गरेर कार्यालय राम्रैसँग बन्द गरेको भए पनि रातको समयमा कोही व्यक्ति आएर कार्यालय तोडफोड गरेको भोटेले बताए ।

घटनाको बारेमा जानकारी पाए लगत्तै आपूmहरू अनुसन्धानमा जुटेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी श्याम सारुमगरले बताए ।

कार्यालय भित्र रहेको डेक्सटप कम्प्युटर फुटाएको र नागरिकताको सिफारिस गर्ने ढड्डा च्यातेको पाइएको उनले जानकारी दिए ।

वडा कार्यालय गाउँभन्दा टाढा सुनसान ठाउँमा रहेकाले तोडफोड भएको गाउँलेले पनि थाहा नपाएको प्रहरीको भनाई छ ।


बाबुराम बास्तोला