अपरिचित व्यक्तिबाट ज्येष्ठ नागरिकको हत्या प्रयास
भूमिकास्थान नगरपालिका-८, ताराखसे भुसालटोलकी ६४ वर्षीया चेतकला पौडेलको ०८१ साउन ११ अपरिचत व्यक्तिद्वारा टाउको र अनुहारमा छुरा प्रहार गरी हत्या प्रयास भएको छ ।
पीडित महिला घरमा एक्लै भएको बेलामा खाना खाँदै गर्दा घरको दलानमा भएको बिजुली बत्तीको मीटर बन्द गरी अपरिचित व्यक्ति घरभित्र पसेर अनुहार, टाउको र गर्धनको नजिक कुममा छुरा प्रहार गरी गम्भीर घाइते बनाइ भागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
अपरिचित व्यक्तिले छुरा (चक्कु) र हातमा लगाउने ग्लबस छोडेर भागेको इन्स्पेक्टर रावलको भनाइ छ । पीडितले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा दिनुभएको उजुरीको आधारमा आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर रावलले इन्सेकलाई जानकारी दिनुभयो ।
घाइते पौडेलको स्वास्थ्य उपचार अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भइ थप उपचारको लागि भैरहवा मेडिकल कलेज, भैरहवामा रेफर गरिएको छ ।
कुलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…