अपरिचित व्यक्तिद्वारा मेयरमाथी आक्रमण

मध्यपुर थिमी नगरपालिकाका मेयर ४३ वर्षीय मदन सुन्दर श्रेष्ठ माथी दुई जनाको अपरिचित समूहले वैशाख ८ गते साँझ ६ बजे फलामको रड प्रहार गरी घाइते बनाएका छन् ।

मेयर श्रेष्ठको निजी निवास गठ्ठाघरमा आएको उक्त समूहले रड प्रहार गर्दा दाहिने हात र दाहिने गोडामा चोट लागेको छ । मेयर श्रेष्ठको उपचार मध्यपुर अस्पतालमा भइरहेको छ । उक्त समूहले मेयरको बा ८ च ८७२० नम्बरको गाडी समेत तोडफोड गरेको छ।

मेयरलाई आक्रमण गर्नेहरूको खोजीकार्य सुरु गरिएको महानगरिय प्रहरी वृत थिमीका डिएसपी प्रज्वल महर्जनले जानकारी दिए ।


सबिना केसी