अपमानजनक शब्द राखेर जारी भएका नागरिकता जारी नगर र जारी गरिएका नागरिकता सच्याउः गृह मन्त्रालय

  ०७९ साउन २३ गते

सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक नाम र थर भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ ।

साउन २३ गते गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र जारी भइसकेका नागरिकता सच्याउन चाहनेलाई सच्याउने व्यवस्था मिलाउन भनिएको छ ।

यसअघि इन्सेक अनलाइनलगायतका सञ्चार माध्यमबाट अपमानजनक शब्द प्रयोग गरी नागरिकता जारी गरिएका विषयमा समाचार प्रकाशन र प्रशारण गरिएको थियो ।

Moha_Release_2079_04_23

यो पनि पढ्नुहोस्-विभेदको पराकाष्टाः नागरिकतामै कुकुर कामी ! 


अनलाइन डेस्क