अन्त्तरजातीय विवाह गरेकै कारण नागरिकताबाट वञ्चित
अन्त्तरजातीय विवाह गरेको आरोपमा दुई जना महिलाले आफ्नै बावुबाट नागरिकता बनाउन बाट वञ्चित हुन परेको छ ।
दलित युवासँग अन्तरजातीय विवाह गरेकै आरोमा खत्याड गाउँपालिका-४ की २२ वर्षीया लक्ष्मि थापा र सोही वडाकी ३० वर्षीया सुशीला थापालाई दलित युवासँग विवाह गरेको आरोपमा नागरिकता बनाउँदा चाहिने आवश्यक कागजपत्र आफ्नै बावुले नदिँदा नागरिकता बनाउन नपाएको पीडित पक्षले जनाएको छ ।
खत्याड गाउँपालिका-४ का ६ जना र ८ की एक जना क्षेत्री युवतीले दलित युवासँग प्रेम विवाह गरेका छन् ।
छायाँनाथ रारा नगरपालिका-४ का चार जना क्षेत्री युवाले दलित युवतीसँग विवाह गरेका छन् । सोही नगरपालिका-५ की एक क्षेत्री युवतीले सोही वडाका दलित युवासँग र सोरु गाउँपालिका-१ की शाही युवतीले दलित युवासँग विवाह गरेका छन् ।
त्यसैगरी सोही नगरपालिका-५ की क्षेत्री युवतीले सोही गाँउका दलित युवासँग अन्तरजातीय विवाह गरेको लामो समय भई सन्तान जन्मिसक्दा समेत उनीहरूकै बावु आमाले तिरष्कृत गर्ने गरेका र अहिलेसम्म दुई जनाले नागरिकता बनाउनबाट वञ्चित भएको दलित अधिकारकर्मी धिरज नेपालीले बताएका छन् ।
खत्याड गाउँपालिका-४ चिमाडुग्रीकी लक्ष्मि थापाले सोही वडाको हिगोटी गाँउका पुरन बिकसँग विवाह गरेको तीन वर्षभयो । उनीहरूबाट एक छोरी जन्मेको एक वर्षभइसक्दा समेत उनका बावु आमाले कुनै वास्ता गरेका छैनन् ।
दलितसँग विवाह गरेकै कारण अहिलेसम्म नागरिकता बनाउन पाएकी छैनन् । 'नागरिकता बनाउन जाँदा माइती पक्षको नागरिकता चाहिने रहेछ । बाबालाई नागरिकता बनाइदिनु पर्यो भनेर खबर पठाउँदा आमाबावु दुवैले दलितसँग विवाह गरेको भन्दै नानथरी गाली गर्ने गरेकाले अहिलेसम्म नागरिकता बनाउन पाएकी छैन ।'-उनले भनिन् ।
'सरकारी तथा गैरसरकारी संस्थाले गाउँमा बनाउने आमा समूह तथा अन्य कुनै समूहमा सहभागी हुनलाईसमेत नागरिकता चाहिने भन्छन् । तर, बाबालाई नागरिकता बनाइदिनु भन्दा दलितको पत्नी हो मेरो छोरी होइन भन्दै गाली गर्ने गरेकाले नागरिकता बनाउन सकिएको छैन । अन्तरजातीय विवाह गरेकै कारण बावु आफूले यस्तो पीडा भोग्नु पर्यो ।'-लक्ष्मि थापाले गुनासो गरिन् ।
यत्रो समस्या हुँदाहुँदै पनि कसैले लिखित तथा मौखिक जानकारी कार्यालयमा नदिएको बताउँदै खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन शाहीले यो विषयमा कार्यालयमा जानकारी दिए गाउँपालिकाको न्यायिक समितिमा राखेर छलफल गरी आवश्यक कारबाही अगाडि बढाउने बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…