अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।
जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर, मुख्य न्यायधिवक्ताको कार्यालय प्रदेश २, ओरेक नेपाल, महिला मानव अधिकार सञ्जाल, जिल्ला महिला अधिकार सरोकार समूह, एडभोकेसी फोरम नेपाल, थर्ड एलान्इसलगायतका मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूको अगुवाइमा बृहत् प्रभातफेरी गरिएको छ ।
प्रभातफेरी जनकचोक, शिवचोक, भानुचोक हुँदै स्टेशनचोकमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै उच्च अदालत जनकपुरका वरिष्ठ न्यायाधीश बाबुराम रेग्मीले विश्वभरमा महिला र बालबालिकाहरूको अवस्था मानव अधिकारको हिसावले नाजुक भएकाले उहाँको हक र अधिकारलाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
प्रदेश २ का सांसद रामआशिष यादवले मानव अधिकारको हनन् हुने देश द्वन्द्वमा फस्छ र द्वन्द्वमा फसेका देशले आर्थिक प्रगति र समृद्धितर्फ उन्मुख हुन नसक्ने भएकाले गर्दा यसप्रति हामी सबै मानव सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
हामी सबै मानव अधिकारकर्मीहरू मानव अधिकारको रक्षक हौँ भनेर संकल्प लिएर अगाडि बढ्न सकेको खण्डमा देश र जनताहरूको भविष्य सुखद् हुने बताउनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…