अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा अन्तरसम्वाद
६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते धनगढीमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
समानता, न्याय तथा मर्यादाका लागि सबै जागौँ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मुल आयोजक समिति, कैलालीको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग धनगढीको संयोजनमा अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरसम्वाद कार्यक्रममा मुल आयोजक समितिका तर्फबाट ११ बुँदे सामूहिक प्रतिबद्धता एवम् अपिल पत्र प्रस्तुत गरिएको थियो ।
स्थानीय तहमा कानुन तर्जुमा गर्दा मानव अधिकारका मुल्य, मान्यता, सिद्धान्त एव मापदण्ड अनुरूप गरिनु पर्ने, दण्डहीनताको अन्त्य तथा विधिको शासन स्थापनाका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई जबाफदेही बनाई पीडितलाई सङ्क्रमणकालीन न्याय प्रदान गरिनु पर्ने, लिङ्ग, जातजाति तथा भाषाका आधारमा गर्ने सबै प्रकारका विभेदको अन्त्य गरिनु पर्ने, दिगो आर्थिक बिकास लक्ष्यलाई समेत अध्ययनमा राखी मानव अधिकार राष्ट्रिय कार्ययोजनालाई परिमार्जन गरी राज्यका सबै तहमा आवश्यक संयन्त्रसहित बजेट व्यवस्था गरिनु पर्ने, सबै अधिकार सबैका लागि भन्ने सिद्धान्तलाई आत्मसाथ गरी शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अधिकारको प्रत्यभूति गरिनु पर्ने, विकासमा अधिकारमूखी अवधारणालाई अबलम्वन गरिनु पर्ने, सार्वजनिक निकायहरूबाट दिइने सेवाको जबाफदेहिता अभिबृद्धि गर्न स्थानीय तहमा मानव अधिकार सम्पर्क स्थापना गर्नु पर्नेलगायतका माग अपिल पत्रमा उल्लेख गरिएको छ ।
अन्तर सम्वाद कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले संविधानमा सुनिश्चित गरिएका अधिकारहरू नागरिकले उपभोग गर्न पाउने वातावरण बनाउन राज्यका निकायलाई अग्रह गरेका थिए ।
कैलाली जिल्ला बार इकाइका अध्यक्ष प्रेम चन्दले राज्यले संविधानद्वारा प्रदत्त गरिएका मौलिक हक अधिकारहरूको परिपुर्ति नगरेका कारण मानव अधिकारकर्मी तथा नागरिक समाजद्वारा सँयुक्त रूपमा राज्यलाई जबाफदेही बनाउन अपिल गरिएको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका प्रमुख दिपकध्वज कार्कीले मानव अधिकारको संरक्षण, सम्बर्द्धन र परिपुर्ति गर्ने मुख्य जिम्मेवारी राज्यको भएकोले राज्य संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको सम्मान तथा परिपुर्ति गर्नेतर्फ अग्रसर हुनु पर्ने कुरामा जोड दिएका थिए ।
इन्सेक क्षेत्रीय कार्यालय,धनगढी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…