विविध कार्यक्रम गरी सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
इन्सेकलगायत महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न सङ्घसंस्थाले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चतता” नाराका साथ फागुन २४ गते राजविराजमा र्याली तथा विचार आदानप्रदान कार्यक्रम गरेका छन् ।
इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, राजविराज जेसीजलगायत सङ्घसंस्थाले जुलुस, गोष्ठी र अन्तक्रिया गरेर महिलामाथि भइरहेको हिंसा र विभेदमाथि बहस गरेका हुन् ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य तथा एकल महिला समूहकी मधेस प्रदेश अध्यक्ष अनीता देवकोटाले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका विभिन्न निकायमा महिलाको पहुँच पुगेपनि नेतृत्वका लागि सङ्घर्ष जारी रहेको बताउनु भयो ।
बाध्यकारी व्यवस्थाले राजनीतिमा प्रतिनिधित्व गराउने मात्र नभई नेतृत्वमा पुर्याउने वातावरण आवश्यक रहेको देवकोटाले बताउनु भयो ।
सिडिओ जर्नादन गौतमले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गर्नु भयो । महिला अघि बढेमा मात्र देश विकास हुने भन्दै उहाँले घरबाहिरको भूमिकामा महिलालाई सक्रिय हुन आग्रह गर्नु भयो ।
राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरू भएको ८ मार्चको इतिहास बारे जानकारी गराउनु हुँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले महिलाहरूलाई समाज, राजनीति र आर्थिक क्षेत्रमा बराबरीमा ल्याउन निरन्तरको आन्दोलन र प्रदर्शनको आवश्यकता औँल्याउनु भयो ।
सन् १९०८ को मार्च ८ का दिन अमेरिकाको एउटा कपडा कारखानामा काम गर्ने महिलाहरू आफूमाथि भएको शोषण, असमान ज्याला र पुरुषले भन्दा धेरै समय काम गर्नुपरेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।
दुई वर्षपछि त्यो आन्दोलनको प्रेरणामा विश्वका विभिन्न मुलुकका महिलाहरूको सम्मेलन डेनमार्कको कोपेनहेगनमा भयो ।
कोपेनहेगन सम्मेलनले गरेको निर्णय अनुसार सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको हो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…