अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता
"महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २३ गते जुम्लामा सरकारी तथा गैरसरकारी निकायबिच महिला मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, इन्सेक, महिला तथा बालबालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी कार्यालय र माउण्टेन टुडे दैनिकको समन्वयमा महिला मैत्रीपूर्ण भलिवल खेलको आयोजना गरिएको हो ।
महिला तथा बालकालिका कार्यालयका महिला निरीक्षक तथा सरकारी खेलाडी तर्फको टिम लिडर विन्दु कुवँरले महिला महिलाबिच मनमुटाव नहोस्, सबै महिलाहरू न्यायिक लडाईँ गर्न सकियोस भन्ने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजना गरिएको बताइन् ।
गैरसरकारी संस्थातर्फका प्रतियोगी माया नगरकोटीले महिला महिलाबिच समन्वय भएर एक आपसमा सदभाव कायम रहन खेलले सहयोग पुर्याउने बताइन् ।
फागुन २५ गते हुने महिला दिवसको औपचारिक कार्यक्रममा प्रतियोगिहरूलाई प्रमाण-पत्रसहित सम्मान गरिने राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका मानव अधिकार सहायक राजेन्द्र न्यौपानेले बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…