'अन्तर्राष्ट्रिय बेपत्ता दिवस'का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
“बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा कास्कीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भदौ १४ गते दिवस मनाइएको छ । दिवसका क्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, नेपाल रेडक्रस सोसाईटी कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयलगायतका विभिन्न सङ्घसंस्था सदस्य रहेको मूल आयोजक समितिको आयोजनामा बेपत्ता पारिएका ब्यक्तिहरूको सम्झनामा पोखरामा रहेको शहीद पार्कमा वृक्षारोपण गरिएका विरूवाहरूको गोडमेल कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैबीच अन्तर्राष्ट्रिय बेपत्ताविरूद्धको दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, द्वन्द्व पीडितहरूको साझा चौतारीलगायतका १२ ओटा संस्थाको आयोजनामा पोखरामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले अहिले पनि राज्यले कसलाई बेपत्ता भन्ने बारेमा बोल्न नसकेको बताए । ‘विद्यमान कानुनले मात्रै नसक्ने हुँदा नयाँ कानुन छिटो बनाउनु पर्ने थियो । अझै बन्न सकेको छैन । अहिले संशोधन पेश हुने अवस्थामा प्रकृयामा छ ।’–उनले भने । उनले अब बन्ने कानुन बेपत्ता परिवारलाई स–सम्मान सम्बोधन गर्ने गरी आउनुपर्ने धारणा राखे ।
जनआन्दोलनका घाइते ढाकाराम पौडेलले राज्यले बेपत्ता परिवारलाई गुलिया कुरा गर्दै फकाउने काम गरिरहेको दुखेसो पोखे ।
द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय उपाध्यक्ष बद्रि केसीले विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू सत्तामा पुगेपनि आपूmले हस्ताक्षर गरेको कुराहरूलाई सम्बोधन नगरेको गुनासो गरे । ‘शान्ति सम्झौता गर्दा ६० दिन भित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने घोषणा गरेतापनि त्यसलाई कार्यन्वयन नगरी वर्षौँसम्म पीडा दिने काम भएको छ ।’–उनले भने ।
द्वन्द्वपीडित समाज कास्कीका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आगामी वर्ष अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवस मनाउनु नपर्ने गरी सरकारले बेपत्ताहरूको विषयलाई सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे ।
राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका निमित्त निर्देशक नितु गर्तौलाले सशस्त्र द्वन्द्वले शान्तिपूर्ण रूपमा अवतरण गरेको दशकौँ बितिसक्दा पनि बेपत्ताहरूको बारेमा अन्यौलता देखिँदा शान्तिले दिगो रूप लिन सक्ला भन्ने प्रश्न तेर्सिएको बताइन् ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले बेपत्ता परिवारहरूको मागलाई तत्काल सम्बोधन गर्नेु पर्ने बताए ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा
सम्बन्धित समाचारहरू
जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि…
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…