अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइयो
जिल्ला बाल क्लब सञ्जाल, सप्तरीले राजविराजमा मङ्सिर ४ गते अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाएको छ ।
स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको बालबालिका र सरोकारवालाहरूको जुलुशले नगरपरिक्रमा गर्दै प्रभातफेरी गरेको छ । निर्वाचनमा बालबालिकाको प्रयोग नगरौँ, बालबालिकालाई विद्यालय पठाऔँ, बालश्रम र बालविवाह अन्त्य गरौँ जस्ता नारासहित नगरपरिक्रमा गरेपश्चात हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमै पुरस्कार वितरण र सभाको आयोजना भयो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक वर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको छ ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बाल अधिकारसम्बन्धी महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिबद्धता पूरा गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…