अन्तरजातीय विवाह गरेको आरोपमा सामाजिक बहिस्कार
नेपालमा कानुनी रूपमा जातिय विभेद भएको ५० वर्षबितिसक्यो । कुनै पनि मानिसलाई जात, धर्म, वर्ण, लिङ्ग र समुदायको आधारमा भेदभाव गर्नु कानुनी रूपमा अपराध हो । तर, अहिले पनि समाजमा जानि नजानि कनुनी रूपमा बर्जित भेदभावका कार्य भइरहेको छ ।
अन्तरजातीय विवाह गर्ने मात्र हैन उनीहरूको परिवारसमेत त्यसको शिकार भइरहेका छन् । कानुनी रूपले अपराध र मानव अधिकारको दृष्टिले अमानवीय व्यवहारका घटनाहरू भइरहेका छन् ।
पछिल्लो घटनाबाट पीडित दिमिपोखरी गाविस-९ का ६५ वर्षीय अम्बरबहादुर जर्गा मगर भएका छन् । उनका छोरा रत्नबहादुर जर्गा मगरले पाँच वर्षअघि गरेको अन्तरजातीय विवाहको सजाय अहिले उनले भोगिरहेका छन् ।
रत्नबहादुरले पाँच वर्षअघि सोही ठाउँकी सार्की समुदायकी एक दलित महिलासँग विवाह गरेका थिए । विवाह गरेपछि उनी गाउँबाट विस्थापित भएर काठमाडौँ बस्दै आएका थिए ।
यस वर्षको वैशाखमा पत्नीसहित घरमा आएका थिए । उनी घरमा आएपछि दलिद समुदायकी बुहारी घरमा भित्र्याएको भन्दै उनलाई उनका दाजुभाइले सामाजिक बहिष्कार गरेका छन् ।
'भाइको घरमा पूजा लगाए । मैले दलित समुदायको बुहारी भित्र्याएको भनि बोलाएनन् । अहिले त पुरोहितलाई समेत मेरो घरमा आयो भने बहिष्कार गर्ने भनेर धम्क्याएछन् । पुरेतसमेत मेरो घरमा कार्य गर्न आउन मान्दैनन् ।'-अम्बरबहादुर जर्घाले भने ।
यस विषयमा उनले सामुदायिक मेलमिलाप केन्द्रमा निवेदन दिएको भएपनि सो विवाद फौजदारी प्रकृतिको भएकोले प्रहरीमा जान अफूले सुझाव दिएको मेलमिलाप केन्द्र दिमीपोखरीका संयोजक रविन्द्र नेपालीले जानकारी दिए ।
नवराज पथिक
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…
जङ्गली च्याउ खाँदा १० जना बिरामी मध्ये एक जनाको मृत्यु
जिल्लाको व्यास नगरपालिका-३ मा जङ्गली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जङ्गली च्याउ टिपेर…