अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा ८१ वर्षीय दलितको जोडी गाउँ निकाला
अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनारले सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले दुवै जनालाई गाउँ निकाला गरेका छन् ।
पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेको पीडित पक्षको आरोप छ ।
अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा करिव १ सय ५० जना स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेको पीडित लालबहादुरका ३७ वर्षीय छोरा अनुज सुनारले बताए ।
गाउँ निकालाको कागजमा दुवै जनालाई जबरजस्ती औँठा छाप गर्न लगाई गाउँ निकला गरिएको उनले बताए ।
पीडित सुनार कुटाई खाएको पाचौँ दिनसम्म पनि हिँड्न नसक्ने अवस्थामा रहेको पीडितका छोरा अनुजले बताए । उनको गोडामा लाठी प्रहारका कारण बनेका निल डामहरू रहेको पनि उनले बताए ।
उनीहरू दुवैलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाएर गाविसमा पुर्याई गाउँ निकाला गर्ने कागजी निर्णय गराएको स्वयम् चिन्तमणी न्यौपानेले स्वीकार गरे । उनले भने-'आफूले मात्र नभएर गाउँका सय-ढेढ सय जनाले गाउँ निकाला गर्ने निर्णय गरेको हो ।'
पीडित लालबहादुरको घर पनि भत्काइएको पीडित पक्षको आरोप छ । स्थानीयको ठूलो समूहले धम्क्याउँदै जलाउँ कि भत्काउँछस भनेपछि आफूले उनीहरूकै आँखा अगाडि घर भत्काउन बाध्य भएको उजुरी दिन सदरमुकाम आएका छोरा अनुजले बताए ।
गाउँलेको डरले वन पसेका पीडित दुवै जनालाई उनका छोरा र आफन्तजनले दुई दिनपछि घरदेखि धेरै टाढाको बिच जङ्गल र अनकन्टार भिरमा भेटाएका थिए । दुई दिन दुई रात सम्म जंगलमा बसेका उनीहरूलाई त्यहाँका दलितहरूले गाउँ फर्काए पनि बस्ने बास र खाने गास नहुँदा ती दुवै विचल्लीमा परेका छन् ।
गाउँ निकलाको निर्णय सुनाउँदै मलाई हस्ताक्षर गर्न लगाएका हुन् विकले भने-'त्यत्रो गाउँ घोप्टिएपछि म बोल्न सक्ने कुरै भएन हस्ताक्षर गर्न बाध्य भएँ ।'
घटनाका बारेमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले पीडित पक्षले जाहेरी दिए घटनाको सत्य तथ्य बुझेर दोषी ठहरिए कारबाही हुने बताए । जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले तत्काल पुर्तिघाट प्रहरी चौकीलाई घटनाको बारेमा सत्य तथ्य बुझ्न पठाएकाले बुझेर कारबाही गर्ने बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…