अनेरास्ववियू क्रान्तिकारीको समूहद्वारा उच्च मावि र क्याम्पसमा आक्रमण, एक जना विद्यार्थी घाइते
नीलकण्ठ नगरपालिका-३ धादिङबेसी स्थित नीलकण्ठ बहुमूखी क्याम्पस र नीलकण्ठ उच्च माविमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले जेठ २१ गते विद्यालयमा आक्रमण गर्दा एक विद्यार्थी घाइते भएका छन् ।
५/६ जनाको समूहले विद्यालयमा ढुङ्गामुढा गरी आक्रमण गरेको थियो । आक्रमणबाट कक्षाकोठाभित्र रहेकी स्नातक तह प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया कविता श्रेष्ठ घाइते भएको क्याम्पस प्रमुख नवराज शर्माले बताए ।
क्याम्पसमा परीक्षा सञ्चालन भइरहेको र पठनपाठन समेत भइरहेको बेला आक्रमण भएको थियो । आक्रमणबाट दुई थान कम्प्यूटर, तीन थाप प्रिन्टर, दुई थान कूर्सी, एक थान टेलिफोन सेट, आठ ओटा झ्यालका सिसा फुटेर क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।
घटनापछि नीलकण्ठ क्याम्पस बन्द गरिएको छ । सो सङ्गठनले मूल्य वृद्धिको विरोधमा शैक्षिक हड्तालको आह्वान गरेको थियो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…