अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा कृषक पीडित
'खेतबारीको नाममा यति हो । वर्षभरि खाने अन्न यहि खेतको धान हो । अरू केही छैन । गत वर्षहरूमा ३० मुरी धान फल्थ्यो । चार्डपर्वको खर्चसमेत यहि धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुसमात्र फल्यो । अब हामी के खाएर बाँच्ने ?'-नीलकण्ठ नपा-७ तल्लोबेसीका विष्णुप्रसाद कोइरालाले आफूलाई परेको चिन्ता सुनाए ।
गत आर्थिक वर्षमा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दीनाथ-१ नामक धानको बिउ जिल्ला कृषि विकास कार्यालयमार्फत वितरण गरेपछि सोही धान लगाएका कोइरालाले यस्तो समस्या भोग्नु परेको हो । ५ रोपनी जग्गामा हर्दीनाथ-१ धान लगाएका कोइरालाको ५ जनाको परिवार छ । गत वर्षहरूमा यहि खेतको उब्जनीबाट खान पुग्थ्यो । बालबच्चाको पढाइ लेखाइ चल्थ्यो । जब धान फलेन तब उनको ओठमा मुस्कानको सट्टा अँध्यारो बादल छाएको छ । अब के खाने ? एक वर्षकसरी वाच्ने ? विष्णुप्रसाद चिन्तामा छन् ।
विष्णुप्रसाद मात्र होइन । विष्णु श्रेष्ठले अँधियामा लगाएको चार रोपनी खेतको धान फलेन । बाला लाग्ने बेलामा बाला मरेर भुसमात्र फलेको छ । 'अन्य जग्गा छैन । धेरै फल्छ । अनुसन्धान केन्द्रको धान राम्रो छ । रोग प्रतिरोधी छ भन्ने लागेर बिउ किनेर लगाइयो । फल्ने बेलामा भुस मात्रै ।'-श्रेष्ठले भने । 'बिउ उम्रियो । सबै राम्रोसँग बढेको हो । अन्य वर्षभन्दा राम्रो फल्छ भन्ने देखिएको थियो । धानको बाला निस्कन लागेपछि मर्न थल्यो । जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क भयो । कर्मचारीले औषधि पनि लेखिदिएका हुन् । तर, उनीहरूले लेखिदिएको औषधिले उपचार लागेन ।'-स्थानीयले गुनासो गरे । निलकण्ठ नगरपालिका, सलाङ र त्रिपुरेश्वर गाविसमा १८ क्वीन्टल धानको बिउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
बिउ ल्याउँदा आधा पैसा कृषकले तिर्ने गरी ल्याइएको र सोही बिउ वितरण गरिएकोले आफ्नो कुनै कमजोरी नभएको तर कृषकको खेतमा धान नफलेको वास्तविकतामा सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय तत्पर रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख दुर्गादत्त पन्थीले प्रतिक्रिया दिए ।
बालीरोग विज्ञान महाशाखाको सिफारिसमा अनुसन्धान केन्द्रले नै तयार गरी पठाएको बिउ भए पनि बिउ वितरणको समयमै बिउमा किरा देखिएकोले विना उपचार ल्याएको कृषक टोपकुमारी मल्लले बताइन् । उनले अन्य खेत नभएको र खेतको सबै गरामा लगाइएको धान नफलेपछि समस्यामा परेको बताइन् ।
धान नफलेर गुनासो आएको भन्ने जानकारी पछि बालीरोग विज्ञान महाशाखाले सो क्षेत्रका धानको परीक्षण गरी नेक ब्लाष्ट नामक रोग लागेकोले बिउ लगाउँदा उपचार गर्न, धानको बाला निस्कनुअघि र निस्केपछि विषादी हाल्नु पर्ने र रोगले ग्रस्त बाला निकालेर फल्नु पर्ने सुझाव दिएको छ । तर, कृषकहरूले धानको बिउ लागउँदा भन्नुपर्ने कुरा अहिले सुझाव दिएर कसरी लागु गर्ने भन्दै क्षतिपूर्तिको माग गरेका छन् । खाद्यअधिकार जिल्ला सञ्जाल, इन्सेक, राष्ट्रिय कृषक समूह महासङ्घलगायतका संस्थाहरूले कृषकहरूलाई क्षतिपूर्ति दिन जिल्ला कृषि विकास कार्यालयमा माग गर्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा खाद्यसम्बन्धी हकको सुनिश्चितता गरिए पनि सरकारी निकायले बाँडेको बिउ नै काम नललाग्ने भएपछि कृषकले आपत्ति जनाएका छन् । संविधान प्रदत्त हकको प्रत्याभूतिका लागि उनीहरूले सरकारसँग माग गरेका छन् ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…