अनुमति नलिई चुनावी प्रचारप्रसारमा सवारी प्रयोग
आसन्न मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङमा दलका उम्मेदवारहरूले अनुमति बिना सवारी साधन प्रयोग गरिरहेका छन् ।
प्रदेश सभा नौ र प्रतिनिधि सभाका लागि १० ओटा दलले उम्मेदवारी दिए पनि अहिले चारपाङग्रे सवारी चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी अनुमति नलिएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार सरस्वती बजिमय, प्रदेश सभा (क) का उम्मेदवार सुवासकुमार पोखरेल र प्रदेश सभा (ख) का उम्मेदवार विष्णुकुमार राईले संयुक्त रूपमा वा १७ घ ४५० नम्बरको अनुमति नलिई प्रयोग गरेको भटिएको छ ।
वाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विशाल भट्टराई, प्रदेश सभा (क) का उम्मेदवार राजन राई र प्रदेश सभा (ख) का उम्मेदवार राजकुमार राई (पासाङ)ले संयुक्त रूपमा ना १ ज ६५६९ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै नयाँ शक्ति पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मदन राईले पनि अनुमति बिना नै सवारी प्रयोग गरिरहेका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद २(ख) अनुसार प्रतिनिधि सभाका एक उम्मेदवारले चारओटा चारपाङ्ग्रे हलुका सवारी साधन र चारओटा मोटरसाइकल प्रयोग गर्न पाउनेछन् भने प्रदेश सभाका उम्मेदवारले दुई ओटा गाडी र मोटरसाइकल प्रयोग गर्न पाउने छन् ।
चार पाङ्ग्रे सवारी साधन चुनावी प्रचारप्रसारको लागि कुनै पनि दलले अहिलेसम्म अनुमति नलिएकोले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा पहिला सचेत गराउने र सचेत गराउँदा पनि उल्लङ्घन गरे प्रक्रियामा जाने मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…