अनुदान रकम लिन भूकम्प पीडितलाई सकस (फोटो फिचर)
भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको छ । सरकारले सदरमुकाम केन्द्रित बैङ्कमार्फत अनुदान दिँदा भूकम्प पीडितहरू सकसमा परेका हुन् ।
सरकारले अनुदान रकम गाउँमै नदिँदा झञ्झट व्यहोर्नु परेको सदरमुकामका बैङ्कहरूमा अनुदान रकम लिन भदौ ३० गते आएका भूकम्पपीडितहरूले बताएका छन् । सदरमुकामदेखि ५० किलोमिटर टाढा रहेको कुमरी गाविसका पीडितलाईसमेत सदरमुकामको बैङ्कबाट अनुदान दिने भनेपछि अनुदान लिन कुमरी गाविस–१ बट आएका ९६ वर्षीय गङ्गाप्रसाद भुडभरीले ज्येष्ठ नागरिक तथा असक्तहरूको लागि गाउँमै रकम दिनु पर्ने व्यवस्था गर्नु पर्ने बताए । ‘अरु पठाएर हुँदैन, आफैं आएँ ।’–उनले भने–‘गाविसले सिफारिस लेखेर भए पनि हामीजस्ता बुढाबुढीले परिवारका अरुलाई पठाउँदा पनि पैसो दिन पर्छ ।’
बैङ्कले दैनिक कोटा तोकेर रकम दिने गरेकाले तीन दिनदेखि धाउँदा पनि नपाएको मनकामना–१ का भवनाथ भट्टले बताए । ‘घरबाट बिहानै हिड्दा पनि बट्टारको बैङ्कमा आइपुग्दा ११ बजि हाल्छ । आउँदा कोटा सकिन्छ । हिजो १ सय ५ जनालाई दिने भन्यो । मेरो पालो आएन । फर्किएँ । आज पनि १ सय २० जनालाई दिने भनिएको छ । सबै टोकन सकियो ।’–उनले भने–‘आज पनि रकम पाइएला जस्तो छैन ।’
अनुदान रकम प्राप्त गर्नको लागि सदरमुकामका बैङ्कमा चर्को घाममा घण्टौं लाइन बसिरहेका पीडितहरू सरकारले सहकारी मार्फत गाउँगाउँमा रकम दिएको भए सजिलो हुने बताउँछन् । सदरमुकाम बाहिर खरानिटार, छहरे र रातमाटेमा मात्र एक–एक ओटा बैङ्कको शाखा रहेको छ । जसले गर्दा अधिकाँश पीडितहरू सदरमुकामकै बैङ्कमा धाउन बाध्य छन् ।
गाउगाउँमा शाखा रहित बैंकिङ सेवा विस्तार गरेर रकम वितरण नगर्दा पीडितहरूलाई केही झञ्झट भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटका प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
भदौ २९ गतेसम्म नुवाकोटमा २९ हजार १ सय २३ भूकम्प पीडितको खातामा पहिलो किस्ता ५० हजार रुपियाँ गइसकेको छ भने ५५ हजार ८८ जनासँग अनुदान सम्झौता भइसकेको छ । नुवाकोटमा ६५ हजार ७ सय ५९ जनाको लाभग्राही सूचीमा नाम रहेको छ । ९ हजार ६ सय २३ जनाले जिल्ला आयोजना कार्यान्वयन निकायमा गुनासो दर्ता गरेका छन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…