अनुदानको नुन बाजुरामा अलपत्र, स्थानीयलाई समस्या
अनुदान वापतको १ सय ६० बोरा नुन बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको कवडीमा अलपत्र परेको छ । नुन पाँच वर्षदेखि अलपत्र परेको हो । कवाडीमा एक जना स्थानीयको घरमा करिब पाँच वर्षदेखि अलपत्र अवस्थामा रहँदा हुम्ला जिल्लाका स्थानीय नागरिक नुन पाउनबाट वञ्चित भएका छन् ।
नेपालगञ्जदेखि ढुवानी भएर बाजुराको कवाडी गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजीनीति नहुँदा जिल्लाका नागरिक उक्त नुनपाउनबाट वञ्चित भएको स्थानीय जयरुद्र ढकालले गुनासो गर्नुभयो । उहाँले समयमा नुन नपुगेपछि जिल्ला सदरमुकाम सिमकोटको जिल्ला साल्ट टे«डिङ कर्पाेरेसन कार्यालयमा नुनु अभाव भन्दै गएको बताउनुभयो । यस अघि हप्तामा एक दिन आइतबार नुन वितरण गर्ने गरेको भए पनि एक महिनादेखि नुन अभावका कारण स्थानीयले प्रयाप्त नुन नपाएको अर्का स्थानीय ऐटन रावलले गुनासो गर्नुभयो ।
नेपाल सरकारले अनुदानमा ९ रुपियाँमा विक्रि वितरण गर्दै आएको नुन अभावले सर्वसाधरण नुन पाउनबाट वञ्चित भएको स्थानीय रावलले गुनासो गर्नुभयो । यस जिल्लाका लागि ढुवानी गरेको नुन कवाडीसम्म पुगे पनि समयमा गन्तव्य पुग्न नसक्दा कवाडीमा अलपत्र बनेको छ ।
नुनको प्याकेटमा एनपिजे लेखिएका कारण धनगढीको नभइ नेपालगञ्जबाट ढुवानी भएको साल्ट टे«डिङ कर्पाेरेसनका प्रमुख राज बहादुर लामाले बताउनुभयो । तर ठेकेदार को हो, कसको ठेक्का हो र ढुवानी कसले गरेको भन्नेबारे यकिन हुन नसके पनि हुम्ला जिल्लाको लागि नुन भएको प्रमुख लामाको भनाइ छ ।
ठेकेदारले नुन ढुवानी गरेको भन्ने जानकारी भए पनि यकिन हुन नसकेको बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ का वडाअध्यक्ष प्रदिप बुढथापाले बताउनु भएको छ । ढुवानी भएदेखि हालसम्म ठेकेदार पनि सम्र्पकमा नआएको र अन्य कुनै निकायबाट खोजीनीति नभएको र ढुवानीका लागि पहल नभएको उहाँले बताउनुभयाे ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…
परीक्षाको मुखमा विज्ञान शिक्षक नहुँदा विद्यार्थी पढाइबाट वञ्चित
गुल्मीमा अङ्ग्रेजी, विज्ञान र गणित विषय अध्यापन गराउने शिक्षकहरू पाउँनै मुस्किल हुन थालेको छ । सदरमुकाम तम्घास र छिमेकमा समेत मुख्य बिषयमा शिक्षकको सङ्कट रहेको छ । जसको कारण परीक्षाको…