अनुदानको चामल नपाउँदा स्थानीय मार्कामा
जिल्लास्थित कुवाडी अस्थायी खाद्य डिपोमा अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न भएको छ । अनुदानको चामल नपाएपछि हिमाली गाउँपालिका वडा नम्बर १, २, ३ बिच्छँया र सोही गाउँपालिका वडा नम्बर ४ र ५ रुगीनका स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।
खाद्य डिपोमा गत आर्थिक वर्षको चामल असार महिनामै सकिएकोले एक महिनादेखि खाद्य संकटको सामना गर्नुपरेको हिमाली गाउँपालिका–३ का स्थानीय धनलाल रोकायाले दुखेसो पोख्नु भयो ।
हिमाली गाउँपालिका–१ बिच्छँयाका धर्मलाल रोकायाले आफू दुई दिन लगाएर कुवाडी अस्थायी डिपोमा चामल किन्न पुगेको भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता हुनु परेको इन्सेक जिल्ला प्रतिनिधिसँगको टेलिफोन सम्पर्कमा बताउनु भयो ।
आर्थिक वर्ष ०७९ / ०८० मा कुवाडी डिपोमा ३ हजार ५ सय कुण्टेल चामाल रहेको थियो । कोटाको चामल असार महिनाको अन्तिम सातामै बिक्री भइसकेकोले चामलको संकट उत्पन्न भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख मेखराज ओझाले बताउनु भयो ।
आर्थिक वर्ष ०८० / ०८१ मा कुवाडी डिपोका लागि ३ हजार ५ सय कुण्टेल चामल कोटा छुट्याइएको भए पनि चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कुवाडी डिपोमा भएको मोटो चामल स्थानीय उपभोक्ताले प्रति केजी ५२ रुपियाँमा पाउने गरेका थिए । तर, डिपोमा चामाल सकिएपछि त्यही चामल बजारमा प्रति केजी ८० रुपियाँ तिरेर स्थानीय किन्न बाध्य भएका छन् ।
हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना आएको तर चामल नपाएपछि बजारको महँगो चामल लगरे फिर्ता भएको स्थानीय अम्मलाल बुढथापाले दुखेसो पोख्नु भयो । साबिकको बिच्छँयाँ गाबिसमा मात्र ४ हजार जनसङ्ख्या रहेको छ । सबै घरमा खाद्य संकट भएको गाउँपालिकाले जानएको छ ।
बजारको पहुँच भएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल प्रयाप्त भए पनि दुर्गममा रहेका डिपोमा चामल सकिएकोले आर्थिक रुपमा बिपन्न परिवार तथा स्थानीयहरुलाई समस्या उत्पन्न भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले बताउनु भयो ।
यसैगरी स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल नभएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षको ५ सय कुण्टेल चामल जेठ महिनामै सकिएको र यस नयाँ आर्थिक वर्ष कोटामा प्राप्त हुने ५ कुण्टेल चामलको ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख मेखराज ओझाले बताउनु भयो ।
दुर्गमका डिपोमा चामल अभाव भइरहेका बेला बजारको पहुँच रहेका समदरमुकाम मार्तडी र कोल्टि डिपोमा चामल प्रायप्त रहेको छ । मार्तडीस्थित खाद्य डिपोमा १ हजार २ सय कुण्टेल, कोल्टि डिपोमा १ हजार २ सय २९ कुण्टेल चामल मौजात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुराका प्रमुख ओझाको भनाइ छ ।
स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने हिमाली गाउँपालिका जिल्लाको सर्वाधिक बिकट गाउँपालिका हो । यो गाउँपालिकाको टाढाका गाँउका स्थानीयहरुलाई सदरमुकाम मार्तडी पुग्न एक सातासम्म लाग्ने गरेको छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…