अनुदानको खाद्यान्न बाटैमा विक्री
नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्रमा बसोबास गर्ने लामा समुदायका लागि करानक भेगका पाँच गाविसमा पठाइएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी मुल्य असुलेर बाटोमा नै विक्री गरेको पाइएको छ ।
सदरमुकामदेखि पुलु डिपोसम्म ठेकेदार पक्षले ढुवानी गरेर लैजानु पर्ने खाद्यान्न डिपोसम्म नपुर्याइ ढुवानी गर्ने जिम्मा लिएको ठेकदारले सदरमुकाम गमगढी र छिमेकी गाविसका गाँउमा खाद्य संस्थानको भन्दा बढी मुल्यमा बेच्ने गरेको पाइएको हो ।
पाँच गाविसका लागि पुलु डिपोमा जानु पर्ने १ हजार ५ सय क्वीण्टल खाद्यान्न मध्ये हालसम्म नेपाल खाद्य संस्थानबाट चलानी भएर गएको ६ सय ६२ क्वीण्टल १० केजी खाद्यान्न ठेकेदारले रोवा, तलिलेख, लुम्स, माँग्री गाविसको छाइल र सदरमुकाम गमगढीमा ३० केजीको ९ सय ८० रुपियाँ पर्ने चामललाई १ हजार ८० देखि १ हजार ६ सय सम्म मुल्य राखेर विक्री गरेको खुलेको हो ।
ऋणीमोक्क्ष वर्क्स कन्ट्रक्शन प्रालिले गमगढीदेखि पुलुसम्म प्रति केजी १३ रुपियाँका दरले ढुवानी गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि खाद्यान्न ढुवानी गर्ने खच्चडवालाहरूलाई गमगढीदेखि पुलुसम्म प्रति केजी ९ रुपियाँमा ढुवानी दिन खोजे पछि खच्चडवालाले ढुवानी गर्न नमानेकै कारण ठेकेदार बसन्त कुमाईले सम्बन्धित डिपोमा नपुर्याइ बिचैमा विक्री गरेको हुन सक्ने रोवा गाविसका शेरसिंह ऐडीले बताए ।
संस्थानले सर्वसाधारणलाई ९ सय ८० रुपियाँमा ३० केजीको प्याकेट उपलब्ध गराउँदै आएको र ठेकेदार कुमाईले पुलु पुर्याउनुपर्ने १ सय प्याकेट खाद्यान्न ट्याक्टरमा लिएर प्रति प्याकेट १ हजार ८० रुपियाँका दरले रोवा गाउँमा बेचेको र अन्य प्याकेट सदरमुकाम गमगढी माँग्री गाविसको छायल, रोवा गाविसका अरु गाँउमा समेत खाद्य संस्थानको मुल्य भन्दा बढीमा बेचेको भन्ने स्थानीयले आफूलाई जानकारी दिएको नेपाल खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले बताए ।
रोवा गाविसको लुम्स गाँउमा १ हजार ४ सय ५० रुपियाँ, माँग्री गाविसको छाइलमा १ हजार ६ सय रुपियाँका दरले बेचेको ऐडीले बताए । ढुवानी कम भएको भन्दै खच्चडवालाले खाद्यन्न ढुवानी गर्न नमाने पछि ठेकेदार बसन्त कुमाईले केही खाद्यान्न सदरमुकाम गमगढीमा नै बेचेको बताइएको छ । उनले गमगढीदेखि ट्याक्टरमा चामल हालेर लुम्स, रोवा, तलिलेक, झाकोटलगायतका गाउँमा नै पुगेर संस्थानको मुल्य भन्दा बढी लिएर बेचेको जानकारी ती गाविसका स्थानीयले बताएका छन ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…