अनुगमका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट
हलेसी तुवाचुङ नगरपालिका हलेसीबजारमा ठूलो परिमाणमा समयावधि नाघेका अखाद्य उपभोग्य सामान जफत गरी नष्ट गरिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गते गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा भारी मात्रामा दैनिक उपभोग्य वस्तु जफत गरेर नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय, वडा कार्यालय महादेबस्थान, उद्योग बाणिज्य सङ्घ हलेसीलगायतको सहकार्यमा गरिएको बजार अनुगनका क्रममा डेढ लाख रुपियाँ बराबरको म्याद नाघेका सामान जफत गरेर जनाइएको नगरपालिकाका मेयर ईवन राईले बताए ।
कालोबजारी, मूल्य वृद्धि, म्याद नाघेका सामानको बिक्री वितरणलगायतका विकृति नियन्त्रणका लागि नगरपालिकाले हलेसीका ५४ वटा किराना पसल तथा होटल अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा फेब्रुअरी सन् २०१५ मा उत्पादन भएका चाउचाउसमेत फेला परेको अनुगमन टोलीमा संलग्न हलेसी तुवाचुङ नपा-७ महादेबस्थानका वडाध्यक्ष चईन्द्र राईले बताए । अनुगमनका क्रममा पोखरा नुडल्स प्रालिले उत्पादन बन्द गरिसकेको २०१६ मार्च २० उत्पादन मिति उल्लेख भएको सरर चाउचाउसमेत फेला परेको छ ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…