अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने स्थानीय तह घोषणा

  ०८० भदौ २५ गते

कुशे गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने  स्थानीय तहकाे रुपमा ०८० भदौ २२ गते घोषणा गरिएको छ ।

आवश्यक सबै सूचकहरु पुरा भएपछि गाउँपालिकालाई ‘अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा,कुशे बासीहरुको इच्छा’ भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गरी अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र विद्यालय शान्ति क्षेत्र कार्यान्वयन गर्ने पालिको घोषणा गरिएको हो ।

कर्णाली प्रदेश सभा सदस्य एवम सामाजिक विकास समितिका घनश्याम भण्डारीले उक्त घोषणा गर्नुभयाे । कुशे गाँउपालिकामा भएका अभ्यास कर्णालीका अन्य जिल्ला र स्थानीयतहले पनि अनुसरण गर्नु पर्ने बताउँदै असल कामका लागि स्थानीय बासीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ अनुसार वि.स. २०८५ सम्म सबै नागरीकलाई आधारभूत तहसम्मको शिक्षामा पहँच पुर्याउने व्यवस्था उल्लेख गरीएको छ । गाउँपालिकाका ४ देखि १२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहँचमा आएका छन् । प्रारम्भिक बालबिकास देखि कक्षा आठ सम्म जम्मा सात हजार चार सय ८४ जना सबै बालबालिकाहरुलाई गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

बिद्यालयको पहुँच बाहिर रहेका ९६ जना बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गरिएको अपाङ्गता भएका नौ जना बालबालिकाहरुलाई घरमै बिद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरिएको , आठ जना अपाङ्गता भएका बालबालिकाहरुलाई जिल्ला भित्र र जिल्ला बाहिरका स्रोत बिद्यालयहरुमा पढने सुनिश्चितता गरीएको छ ।

विद्यालय शिक्षालाई प्रभावकारी बनाउन गाउँपालिकामा रहेका ५५ ओटै बिद्यालयमा गाउँपालिका अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिच २७ बुँदे विद्यालय सञ्चालन तथा व्यवस्थापनको लागि सम्झौता,शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयका प्रद्यनाध्यापकहरु सँग कार्य सम्पादन करार सम्झौता कार्यान्वयन गरिरहेको र प्रधानाध्यापकहरुले बिद्यालय शिक्षकहरु सँग कार्य सम्पादन करार सम्झौता गर्ने गरी कार्य अगाडि बढिरहेको छ ।

गाउँपालिका वडा तथा विद्यालय स्तरमा विद्यालय शान्ति क्षेत्र कार्यान्वयन कार्यक्रमहरु सञ्चालन गरी सबै तहबाट प्रतिबद्धता गरी कार्यन्वयन भइरहेको गाँउपालिका अध्यक्ष बस्नेतले बताउनुभयो ।

सबै विद्यालयहरुलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनक बहादुर शाहले बताउनुभयो । घर,समुदाय र समाजमा बालबालिकाहरु माथि कुनै पनि प्रकारको हिंसा नगरर्ने कुरामा सबै अभिभावकहरुले प्रतिबद्धता गरेका छन । गरीब विपन्न परिवार , एच.आई.भि एड्स बाट संक्रमित तथा प्रभावित परीवारका बालवालिका,द्धन्द पीडित र टुहुरा बालबालिकाहरुलाई विद्यालयमा टिकाई राख्न यस्ता परिवारका बालवालिकालाई थप सहयोगका कार्यक्रमहरु विस्तार गर्नको लागि पहल गरीने उहाँको भनाइ छ ।

अपाङ्गताका कारण नियमित विद्यालयमा गएर पठन पाठन गर्न नसक्ने बालबालिकाहरुका लागि जसरी हाल घरमै विद्यालयको व्यवस्था गरीएको छ । ,यस कार्यक्रमलाई निरन्तरता दिइने छ । विद्यालयका भौतिक पुर्वाधारहरु बालमैत्री,अपाङ्गमैत्री  बनाउनमा जोड दिइनेछ र समावेशी शिक्षालाई प्रर्वद्धन गरिनेछ ।

गाउँपालिकाको शिक्षा ऐन २०७५,अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५,शिक्षा निति तथा रणनीतिक योजना २०७७ र प्रारम्भिक बालविकास एकीकृत नीति तथा रणनीती योजना २०७७ / २०८२ निर्माण गरी कार्यान्वयनमा ल्याइएको गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख शाहले बताउनुभयो ।


मनोज केसी