अनियमितताको आरोप लगाउँदै प्रधानाध्यापकलाई दुर्व्यवहार

  ०७८ मङ्सिर १४ गते

विद्यालयमा अनियमितता गरेको आरोप लगाउँदै नलगाड नगरपालिका–१२ तल्लुबगरस्थित वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानध्यापक चन्द्रबहादुर केसीलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले मङ्सिर १० गते मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको आरो छ ।

सामाजिक विकास कार्यालयमार्फत आठ कोठे भवन निर्माणमा नियम विपरीत सामग्रीको प्रयोग गरेकाले छानो चुहिएर भवनमा बस्न लायक नरहेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाएको र भवनको कार्य पूरा नभएको, नगरपालिकाको बजेटमा निर्माण गरिएको शौचालय नियम अनुसार निर्माण नगरेको, प्रदेश सरकारको बजेटमा फिल्ड निर्माणको २० लाख रुपियाँको काम ५ लाख रपियाँमा ठेक्का दिएर १५ लाख हिनामिना गरेको अखिल क्रान्तिकारीको आरोप छ ।

16 days campaignNepali

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको लागि विज्ञान सामग्री खरिदको १० लाख रुपियाँ, कर्णाली प्राविधिक शिक्षालयबाट प्राप्त १५ लाख रुपियाँको कुनै पनि सामग्री खरिद नगरी प्रधानाध्यापकले व्यक्तिगत घर निर्माण गरेकोलगायत अखिल क्रान्तीकारीको आरोप छ ।

विविध विषयमा चरम अनियमितता गरेको भन्दै अखिल (क्रान्तिकारी)ले केसीलाई मोसो दलेको अखिल क्रान्तिकारीका जिल्ला इञ्चार्ज विराज शाहीको भनाइ छ ।

विद्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत नमानेपछि मोसो दलेर कारवाही गर्नु परेको शाहीको भनाइ छ ।

चन्दा नदिएको आरोपमा प्रधानाध्यापकलाई मोसो दलेको प्रहरीले जनाएको छ । यो विद्यालय सदरमुकाम खलङ्गाबाट २२ कोष टाढा पर्छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुकुमार थापाले कानुन हातमा लिएर विद्यालयका प्रधानाध्यापकलाई हातपात र अभद्र व्यवहार गरेको आरोपमा सो घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको बताउनु भयो ।

‘नचिनेका व्यक्ति आएर विद्यालयमा ‘हाम्रो कार्यक्रम छ’ भने त्यसपछि एक्कासी मोसो दलेर हातपात गरेर फर्किए । म कोहीलाई पनि चिन्दिन ।’–प्रधानाध्यापकको भनाइ उद्घृत गर्दै डिएसपी थापाले भन्नु भयो ।


दिनेशकुमार श्रेष्ठ