अनसन स्थगित गर्न डा. केसीलाई मानव अधिकारकर्मीहरूको आग्रह
मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्र सुधार, अख्तियार प्रमुखलाई महाअभियोग लगाउनुपर्ने लगायतका मागसहित असोज १० गतेदेखि आमरण अनसन बसेका त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीलाई केही दिनका लागि अनसन स्थगन गर्न आग्रह गरेका छन् ।
अनसनरत डा. केसीसँगको असोज १९ गते गरिएको भेटमा मानव अधिकारकर्मीहरू सुबोधराज प्याकुरेल, चरण प्रसाई, बाबुराम गिरी, ओमप्रकाश अर्याल, इन्द्र अर्याललगायतले अनसनका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र चाडको अवधिमा डा. केसीले उठाएको मुद्दाप्रति सरकारको ध्यानाकर्षण कम हुनसक्ने भन्दै तत्कालका लागि अनसन स्थगन गर्न आग्रह गरिएको भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
भेटमा मानव अधिकारर्मी सुबोधराज प्याकुरेलले चिकित्सा क्षेत्रभित्रको विकृतिलाई डा. केसीले नेपाली जनतामाझ उजागर गरिदिएको बताए । उनले अनसनरत केसीले उठाएका मुद्दा निरन्तर स्थापित हुँदै आएको र राज्यले पनि उक्त मुद्दाहरूलाई सजिलै पाखा लगाउन नसक्ने बताए । अधिकारर्मी प्याकुरेलले केही सांसदहरूले डा. केसीको मुद्दालाई सकरात्मक लिएपनि नेपालको राजनीतिक, प्रशासनिक क्षेत्रभित्रको विकृत संस्कृति र संरचनाका कारण डा.केसीको मुद्दा स्थापित हुन नसकिरहेको बताए । यस्तो परिस्थितिमा सङ्घर्षको प्रकृति परिर्वतन गनुपर्ने अवस्था आउनसक्ने भन्दै अधिकारकर्मी प्याकुरेलले डा. केसीको स्वास्थ्य अवस्था ठिक भएमात्र जनताले राहत पाउने बताए ।
मानव अधिकारकर्मी चरण प्रसाईले डा. केसीले उठाएका मुद्दा दीर्घकालीन रूपमा असर पर्ने र मुलुकलाई भविष्यमा सकरात्मक दिशातर्फ डोहोर्याउने काम गरेको बताए । अधिकारकर्मी प्रसाईले चिकित्सा क्षेत्रलाई सुधार गर्नका लागि सङ्घर्ष गर्ने क्षमता डा. केसीमा रहेको भन्दै समय, परिस्थिति र स्वास्थ्य अवस्थालाई ध्यान दिँदै तत्काल अनसन स्थगन गरी आफ्नो अमुल्य जीवन बचाउन डा. केसीसँग आग्रह गरेका छन् ।
अधिकारकर्मी बाबुराम गिरीले पनि डा. केसीको जीवन नेपाली जनताका लागि एकदमै महत्वपूर्ण रहेको भन्दै अनसन स्थगन गर्नका लागि डा. केसीलाई आग्रह गरेका छन् । गिरीले मानवतावादीको सङ्घर्ष दुई कदम अगाडि र एक कदम पछाडि हुने भन्दै तत्काल अनसन स्थगन गरी आफ्ना समर्थकलाई उल्लासका साथ चाडपर्व मनाउने वातावरण निर्माण गर्न आग्रह गरे ।
विभिन्न माग राखि प्रा.डा. केसी असोज १० गतेदेखि नवौँ पटक आमरण अनसनमा बसेका हुन् । अनसनका कारण डा. केसीलाई छाती दुख्ने, टाउको दुख्ने, रिँगटा लाग्ने जस्ता समस्या देखा परेको उनको उपचारमा संलग्न चिकित्सक प्रा.डा. दिव्या सिंह साहले बताइन् ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…