अधिवक्तालाई मोसो, कार्यालयहरूमा ढुङ्गामुढा तथा मोटरसाइकलमा आगजनी
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-१ मा रहेको जिल्ला वन कार्यालय र राजविराज नपा-८ मा रहेको क्वाटरमा फागुन २४ गते आगजनीको प्रयास गरेका छन् ।
उनीहरूले राजविराज नपा-१ स्थित नेपाल दुरसञ्चार कार्यालय र नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार गरी झयालका सिसा फुटाएका छन् भने राष्ट्रिय बाणिज्य बैङ्कमा ढुङ्गा र पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
यसैगरी राजविराज नपा-८ स्थित प.बि. बिद्यालय अगाडि सडकमा सशस्त्र प्रहरी सवार स.१प ५८४४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले भारदह गाविस-१ कोशी व्यारेजस्थित सशस्त्र प्रहरीको चेक पोस्टमा समेत आगजनी गरेर नष्ट गरेका छन् । मोर्चाका कार्यकर्ताले अधिवक्ता सुजित पोखरेललाई राजविराज नपा-१ स्थित अदालत अगाडि रहेको उनको ल र्फम अगाडि मोसो दलेर भागेको पोखरेलले बताए ।
त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा एमालेको आमसभास्थल रहेको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा फागुन २४ गते तोडफोड र आगजनी गरेका छन् ।
आमसभाका लागि बनाइएको मञ्चमा बाँकी रहेका सामग्रीहरू लैजानुका साथै उनीहरूले मिलन डेरी उद्योगमा ढुङ्गा प्रहार गरी सिसाहरू फुटाएका छन् । दिउँसो औद्योगिक क्षेत्रको कार्यालय प्रमुखको कार्यकक्षमा आगजनी गरेका प्रदर्शनकारीले साँझ उनको निवासमा आगजनी गरेका छन् ।
कार्यालय प्रमुख सञ्जय थापा फागुन २४ गते नै हेटौँडा पुगेका छन् । औद्योगिक क्षेत्रको मुल गेट अगाडि बम जस्तो देखिने दुई थान शङ्कास्पद वस्तु र ७ दशमल ६२ को तीन राउण्ड गोली फेला परेको सुरक्षा श्रोतले जनाएको छ ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले मिथिला विदेह क्षेत्र पर्यटन प्रवर्धन विकास समितिको कार्यालयमा फागुन २४ गते आगजानी गरेका छन् ।
उनीहरूले साँझ ७ बजे पर्यटन कार्यालयमा पेट्रोल बम प्रहार गरी आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका एसपी लालमणि आचार्यले बताए । कार्यालयको दुई थान सोफा सेट, टेवल र कुर्सी जलेर क्षति पुगेको पनि प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताले ढुङ्गामूढा प्रहार गरेपछि कार्यालयको झ्यालढोकामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…