अधिकार संरक्षणमा सरोकारवालासँग सहकार्यको जरूरी
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय निर्देशक झन्कर रावलले नागरिकको मानव अधिकार रक्षाका लागि आयोगले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । चौथो मानव अधिकार अन्तर्राष्ट्रिय महोत्सवको मङ्सिर १८ गते इलाममा उद्घाटन गर्दै रावलले आफ्ना अधिकारबाट वञ्चित भएका सबै नागरिकहरूको अधिकार रक्षाका लागि अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी, सङ्घसंस्था, राज्यका निकाय सबैसँग एक-आपसको सहकार्य जरूरी रहेको बताए ।
मानव अधिकारको संरक्षणका लागि मानव अधिकारसम्बन्धी चलचित्र पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निर्देशक रावलले यस्ता चलचित्रहरू गाउँ-गाउँमा लगेर देखाउन सक्दा मानव अधिकार रक्षाका लागि धेरै सचेतना प्रदान गर्न सकिने धारणा राखे ।
चलचित्रमा घर-घरमा भएका घटनालाई कसरी चलचित्रमा उतार्न र त्यसप्रति नागरिक तथा सरोकारवाला निकायलाई सचेत गराउन सकिन्छ भन्ने विषय समेटिएको जनाइएको छ । चलचित्र महोत्सवमा 'टासी एण्ड मन्क, ब्रिक प्याक्ट्री, द मिरर र कमारो ' नामक चारओटा चलचित्र देखाइएका छन् । युएनडिपीको सहयोग र मानव अधिकार आयोगको सहकार्यमा शुरू गरिएको चलचित्र महोत्सव इलाम पछि जनकपुर, नेपालगञ्ज हुँदै मङ्सिर २६ गते जुम्लामा पुगेर समापन गरिने चलचित्र प्रदर्शन समूहका सरोज सापकोटाले जानकारी दिए ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…