अधिकारी हत्या प्रकरणः बस्न छाडिसकेको घरमा म्याद टाँसेर फर्कियो टोली
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारीको घरमा म्याद तामेल गरिएको छ ।
गोरखा अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापाले साउन २३ गते बेलुका फुजेल पुगेर अधिकारीको वर्षौँदेखि बस्न छाडेको जीर्ण घरको दैलोमा म्याद टाँस गरी फर्किएको गोरखा अदालतका श्रेष्तेदार गोविन्द आचार्यले जानकारी दिए । जाहेरवाला नुरप्रसाद अधिकारीलार्ई भदौ ४ गते सोमबारका लागि बकपत्र गर्न अदालतले गत साउन २० गते आदेश गरेको छ ।
गण्डकी गाउँपालिका–३ का वडाअध्यक्ष नवराज श्रेष्ठले वडा कार्यालयमा पनि म्याद तामेल भएको कागजमा रोहवरको रूपमा हस्ताक्षर गरेका छन् । यसअघि फुजेल गाउँमा रहेको चौताराको पिपलबोटमा म्याद तामेल भएको थियो ।
यसअघि भएको म्याद तामेलीबाट बकपत्रका लागि नुरप्रसाद नआएपछि उनको नामको म्याद पुन तामेल जारी गर्ने आदेश भएको हो । अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलहरूले आपत्ति प्रकट गरेपछि पुनः म्याद तामेल जारी गर्न न्यायाधीश कुलप्रसाद शर्माबाट आदेश भएको हो ।
छाडेको घरमा म्याद तामेली
नुरप्रसादको परिवार ०६४ पुस १० गते नै गाउँ छाडेर गोरखा सदरमुकाम बसाइ सरेको थियो । तर, गोरखा अदालतका तामेलदारहरूले सोही घरमा पुगेर म्याद टाँसेर फर्केका छन् । यो परिवारले फुजेलको घर छाडेको १० वर्ष भइसकेको छ ।
गङ्गामायाद्वारा १० दिनका लागि अनशन स्थगित
०७० सालदेखि काठमाडौँमा बाबु आमा अनशनरत रहँदा नुरप्रसाद भने सोही समयदेखि सम्पर्कविहीन रहँदै आएका थिए । ढुङ्गामाटोको गारो र जस्ताले छाएको २ तले घर रहेको छ । त्यो पनि भूकम्पले क्षति पुगेको स्थानीयहरूले बताएका छन् । बसाइ सरेर हिँडेको घरमा म्याद तामेल भएपछि पुनः म्याद तामेलको विषयमा जाहेरवालाले अनभिज्ञता देखाउन सक्ने वकिलहरू बताउँछन् ।
म्याद तामेलीले खायो ६ महिना
०७४ फागुन १३ गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन आदेश गरेको थियो ।
मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई आगामी चैत २५ गते आइतबार अदालतमा बकपत्रका लागि हाजिर हुन आदेश गरेको थियो । तर, उनी अझैसम्म अदालत हाजिर भएका छैनन् ।
फुजेल हत्याकाण्डका मुख्य आरोपितद्वारा सर्वोच्चमा आत्मसमर्पण, लगत्तै जेल चलान
फागुनदेखि साउन सकिँदासम्म दुई पटक म्याद तामेल भएको छ । म्याद तामेलीकै कारण ६ महिना मुद्दा लम्बिएको छ ।
०६१ जेठ २५ गते प्रहरीमा परेको कृष्णप्रसाद अधिकारी हत्या मुद्दा ०७० सालमा पुनः व्युँझाइएको थियो । २२ पटक पेशी सरेपनि मुद्दा टुङ्गिन सकेको छैन ।
भाइ कृष्णप्रसाद अधिकारीको हत्या गाउँकै १३ जनाको मिलेमतोमा भएको भनी जाहेर दिएका व्यक्ति नुरप्रसाद साउन २० गते आइतबार बिहान ललितपुरमा फेला परेका छन् । त्यसपछि उनी आमाको सम्पर्कमासमेत पुगिसकेका छन् ।
०६१ जेठ २४ गते कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । ०६१ जेठ २४ गते अपहरण पछि अधिकारीको हत्या गरिएको जनाइएको छ ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…