अधिकारी हत्याको पेशी माघ १९ गते तोकियो

  ०७३ पुस २५ गते

गोरखा फूजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धी पेशी माघ १९ गतेका लागि सरेको जिल्ला अदालत चितवनले जनाएको छ । यस अघि पुस २५ गतेका लागि पेशी तोकिएकोमा अदालतले सूचनामार्फत सो जानकारी दिएको हो ।

न्यायाधीश टेकनारायण कुँवरको कार्य व्यवस्तताका साथै अन्य प्रशासनिक कारण पेशी पुनः सरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । अधिकारी हत्यासम्बन्धी मुद्दा पटकपटक विविध कारणले सर्दै आएको अदालतले जनाएको छ ।


दिपेन्द्र अधिकारी