अधिकारीका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्याय दिन मानव अधिकारकर्मीको माग
मानव अधिकारकर्मीहरूले गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।
६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते काठमाडौँको वीर अस्पतालको मुलगेटमा अधिकारीका आमा गङ्गामाया अधिकारीको विशेष सहभागितामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकारकर्मीहरूले पीडित परिवारलाई न्याय दिनमा सरकारले चासो नदिएको आरोप समेत लगाए ।
नेपाल मानव अधिकार सङ्गठनको आयोजनामा भएको सो कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेल, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारी, एमनेष्टीका सभापति राजन कुइकेल, मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याललगायतले अधिकारी परिवारलाई न्याय दिन माग गरेका छन् ।
मानव अधिकारको संरक्षण, सम्बर्द्धन गर्दै द्वन्द्व पीडितका परिवारलाई न्याय दिनमा सरकारले हेल्चेक्रयाई गरिरहेको आरोप उनीहरूले लगाएका छन् । द्वन्द्वपीडित परिवार न्यायका लागि अझै पनि माग गरिरहेको भए पनि उनीहरूलाई न्याय दिनमा सरकारले चासो नलिएको प्रति वक्ताहरूले दुःख व्यक्त गरेका छन् ।
सरकारले न्याय दिन नसकेकोप्रति व्यङ्ग्य गर्दै सहभागीहरूले दिउँसै लालटिन बालेर सरकारसँग न्यायका लागि अपिल गरेका छन् । कार्यक्रममा गङ्गामाया अधिकारीको समेत उपस्थिति रहेको थियो ।
गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते तत्कालीन नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र)का कार्यकर्ताहरूले चितवनको बकुल्लहर चोकमा निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।
घटनालगत्तै उनका बावु ५६ वर्षीय नन्दप्रसाद अधिकारी र आमा ५५ वर्षीया गङ्गामाया अधिकारी छोराको हत्याराको कारबाही एवम् न्यायको माग गर्दै सङ्घर्ष गर्दै आएका छन् । ३ सय ३३ दिन लामो अनसनकै क्रममा बुवा नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते मृत्यु भइसकेको छ ।
फोटोः विमलचन्द्र शर्मा/ इन्सेक
सुभाष साह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…
हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…