अधिकारसँगै नागरिक कर्तव्यका विषयमा जानकार हुनुपर्नेमा जोड

  ०७८ मङ्सिर ८ गते

मानव अधिकारसँगै नागरिक कर्तव्यबारे आम नागरिक जानकार हुनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ ।

सिसु, डिसिएको सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय, बाँके र नेपाल पत्रकार महासङ्घ, बाँकेको संयुक्त आयोजनामा मङ्सिर ८ गते  डुडुवा गाउँपालिका आयोजित  मानव अधिकार सङ्रक्षण तथा सामाजिक विकृति विङ्ंगती विरूद्ध गाउँपालिका स्तरीय समुदाय र प्रहरीबिच छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रजिअ खत्रीले विभिन्न आन्दोलनमा आन्दोलनकारी र प्रहरीबिच मुठभेड हुने घटनाले समुदायमा प्रहरीले मानव अधिकारको रक्षा गर्दैन भन्ने मानसिकता रहेको बताउदै उक्त मानसिकता हटाउन आवश्यक रहेको बताउनु भयो ।

 प्रहरीले समुदायमा प्रहरीले  नागरिकपहिले नागरिकहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताउदै अहिले अन्तराष्ट्रिय कानुन र महासन्धि बनेपछि नागरिकहरूले अधिकारको प्रत्याभुति गरेको बताउनु भयो ।

आफूले आर्जन गरेको ज्ञान सीप समुदायमा लैजान सके समाजमा परिवर्तन आउने बताउदै राज्यले बनाएको नितिहरूको जानकारी राख्नु पर्नेमा प्रजिअ खत्रीले जोड दिनु भयो ।

photo2021112402banke

गाउँपालिकाकी उपाध्यक्ष साहिदा बानोले गाउँपालिकाले महिला, बालबालिकाको क्षेत्रमा थुप्रै काम गरेको बताउदै बालिकाहरू शिक्षा लिन सहज होस् भनेर साइकलसमेत वितरण गरिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले बालबालिकाहरू भोलीका कर्णधार भएकाले बालबालिकाहरू राम्रो कुराहरू सिकाउनु सबैको दायित्व भएको बताउदै बालबालिकाहरू प्रहरी आयोग भने तर्साउने प्रवृत्ति त्याग्नु पर्ने बताउनु भयो ।

photo2021112401banke

एसपी अधिकारीले थुप्रै बच्चाहरू कुलत लागेको पाइएकोले त्यसले पार्ने असर र सजायका बारेमा जानकारी राख्नु पर्ने बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले राज्यले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारीता कस्तो छ भन्ने विषयमा छलफल गर्न आग्रह गर्नु भयो । संयोजक महतले बालबालिकाहरू विद्यालयका समस्याका बारेमा विद्यालयमै पुगेर छलफल गरिने बताउदै मानव अधिकार र कर्तव्यबारे समुदाय सचेत हुनुपर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले समुदाय र पत्रकारहरूको हकहितका लागि इन्सेकले खेलेको भूमिका उदाहरणीय रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुदन न्यौपानेले सामाजिक विकृति विसंगती न्युनिकरण गर्न प्रहरीको भुमिका, अधिवक्ता विश्वजित तिवारीले उपभोक्ता अधिकाका विषयमा सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा  डुडुवा गाउँपालिकामा कार्यरत शिक्षक, विद्यार्थी,  मानव अधिकार रक्षक सञ्जालका पदाधिकारी र  प्रहरीहरूको सहभागिता रहेको थियो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज