अधिकारको प्रत्याभूति नभएको अपाङ्गता व्यक्तिको गुनासो
रुकुम पश्चिमका अपाङ्गता भएका व्यक्तिले आफूहरूलाई अधिकारको प्रत्याभूति नभएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिले आफूहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवाबाट वञ्चित हुनुपरेको अपाङ्गता संरक्षण मञ्चका अध्यक्ष भिमबहादुर डाँगीले गुनासो गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको, स्थानीय तहबाट लक्षित बजेट विनियोजनमा कन्जुस्याई गरेको, अपाङ्गमैत्री संरचना निर्माण नभएको, सवारी साधनमा यात्रा गर्दा छुटको व्यवस्था नगरेको उनीहरूले गुनासो गरेका छन् ।
मुसिकोट नपा-२ का धनबहादुर खड्काले नगरपालिकामा आफूहरू कार्यक्रम माग गर्न जाँदा सबै बजेट विकास निर्माणका लागि मात्र विनियोजन गरेको र अपाङ्गता क्षेत्रको थोरै बजेट पनि आफू अनुकूलको व्यक्ति र समूहलाई दिएको थाहा पाउँदा दुःख लागेको भन्दै गुनासो गरे ।
कतिपय अपाङ्गता नभएका व्यक्तिले समेत भत्ता लिइरहेको सुन्नमा आएको हुँदा त्यस्ता व्यक्तिलाई छानबिन गरी कारबाही गरिने जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख इन्दिरा बुढामगरले बताइन् ।
अपाङ्गता क्षेत्रमा काम गर्नका लागि स्थानीय तहमा बजेट व्यवस्था गर्न सकिने भएकाले त्यसका लागि आफूले पहल गर्ने उनको भनाई छ । त्यस्तै मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनार केसीले कहिँकतै अपाङ्गता भएका व्यक्तिलाई दुर्व्यवहार, हेला गरेको र अन्य अधिकारको हनन्का घटना भएमा कारबाही गरिने बताइन ।
राष्ट्रिय जनगणना २०६८ अनुसार रुकुमको जनसङ्ख्या २ लाख ८ हजार ५ सय ६७ रहेको छ । रुकुममा ५ हजार ९ सय २२ जनामा अपाङ्गता रहेको तथ्याङ्क विभागले जनाएको छ ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…