अधिकारकर्मीलाई मार्ने धम्की दिइएको घटनाका आरोपित गिरफ्तार
इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई इन्सेक अनलाइनमा छापिएको समाचारको विषयमा मार्ने धम्की दिएको घटनाका आरोपित दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ घरभई हाल नेकपा एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव रहनु भएका दानबहादुर शाहीलाई प्रहरीले भदौ २० गते साँझ गिरफ्तार गरेको छ ।
आरोपित शाहीले आफ्नी कान्छी पत्नीलाई कुटपिट गरी घर निकाला गरेको समाचार ०७९ भदौ १८ गते इन्सेक अनलाइनमा छापिएपछि टेलिफोनमार्फत भदौ १९ गते गर्दन छिनाली दिने भन्दै मार्ने धम्की दिएका थिए । घटनाका सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा भदौ २० गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जयश्वर रिमालले जानकारी दिनु भएको छ ।
एमाले पार्टी कार्यालय सचिव समेत रहेका शाहीले ०७५ सालमा दोस्रो विवाह गरी एक छोरासहित घरमा बसेकी पत्नीलाई कुटपिट गरी घर निकाला गरेपछि समाचार छापिएको थियो ।
घटनाका सम्बन्धमा पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा भदौ २० गते निवेदन दिनु भएको थियो ।
घटनाको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, कर्णाली प्रदेश, केन्द्रीय समिति, मानव अधिकार रक्षक जिल्ला सञ्जाल, प्रेस चौतारी जिल्ला, प्रदेशले विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…