अधिकारकर्मीबिच समन्वय र सहकार्य प्रभावकारितामा जोड
पछिल्लो समयमा राष्ट्रिय मानव अधिकार आयोगले नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिचको समन्वय र सहकार्यमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय काठमाडौँले बुटवलमा असार ३ गते आयोजना गरेको राष्ट्रिय मानव अधिकार आयोग, आम सञ्चार र नागरिक समाजबिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्दप्रसाद शर्मा पौड्यालले राष्ट्रिय मानव अधिकार आयोगले देख्ने, सुन्ने र पीडितले अनुभूति गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।
उनले मानव अधिकारको नाममा कसैले राजनीति गर्न नहुने भन्दै जसरी मन्दिरमा प्रवेश गर्दा जुत्ता बाहिरै खोलेर भित्र पसिन्छ त्यसरी नै मानव अधिकारकर्मीहरूले मानव अधिकार र राजनीतिक दल विशेषको कुरासँगै लैजान नमिल्ने बताए ।
पौडेलले यो आर्थिक वर्षमा मानव अधिकारको क्षेत्रमा राम्रो कलम चलाउने पत्रकारलाई ५० हजार रुपियाँको पुरस्कारले पुरस्कृत गर्ने बताए । पौडेलले भने-'नागरिक समाज, पत्रकार र मानव अधिकारकर्मी आयोगको 'सिसिटीभी क्यामेरा' भएकोले सधैँ घच्घच्याउन आग्रह गरे । राष्ट्रिय मानव अधिकार आयोग नागरिकको पहलमा गठन भएकाले नागरिक र पीडितको पक्षमा काम गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घ रूपन्देहीका निवर्तमान अध्यक्ष शेरबहादुर केसीले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएकोले यसको दायरालाई फराकिलो बनाउनु पर्ने बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…