अधिकारकर्मीद्वारा स्वास्थ्यमन्त्री थापाको ध्यानाकर्षण
इन्सेकसम्बद्ध मानव अधिकार निगरानी समूह कास्की र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले मणिपाल मेडिकल कलेजका विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएकोलगायत समग्र मुलुकभरिको स्वास्थ्यसम्बन्धी सवाललाई लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन थापाको ध्यानाकर्षण गराएका छन् ।
कात्तिक २९ गते सञ्जाल र निगरानी समूहको एक टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गगन थापालाई पोखरामा भेटेर सरकारको स्वास्थ्य नीति तथा कार्यक्रमहरू व्यवहारमा कार्यन्वयन हुन नसक्दा सेवाग्राहीहरू मर्कामा परेको जानकारी गराएका थिए ।
सञ्जालका संयोजक ढाकाराम पौडेलले सरकारबाट निशुल्क रूपमा दिइने औषधि पूर्ण रूपमा समयमा उपलब्ध गराउनु पर्ने बताए । स्वास्थ्य चौकीमा आवश्यकता अनुसारको औषधि र अनिवार्य चिकित्सकको व्यवस्था गर्न उनले माग गरे । मानव अधिकार निगरानी समूहका संयोजक पदमराज पहारीले स्वास्थ्यसम्बन्धी शिक्षालाई सर्वसुलभ बनाउन आग्रह गरे ।
१३ बुदे ध्यानाकर्षण पत्रमा स्वास्थ्य निकायको नियमित अनुगमन गर्न, ज्येष्ठ नागरिकको निशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ । चिकित्सकहरूले मनपरि ढङ्गले शुल्क लिइरहेकोले सोको नियन्त्रण र नियमन गर्न माग गर्दै स्वास्थ्यसम्बन्धी शिक्षा र सचेतना अभियानलाई जनस्तरसम्म पुर्याउन माग गरिएको छ ।
मन्त्री थापाले निशुल्क औषधि खरिदका लागि भएका व्यवहारिक कठिनाइहरू हल हुँदै आएको बताए । उनले ध्यानाकर्षण पत्रमा समावेश गरिएका सुझावहरूलाई सरकारको तर्फबाट पुरा गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखरा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…