अधिकारकर्मीको सक्रियतामा बालविवाह रोकियो
उमेर नपुगी विवाह गर्न लागेको भन्दै मानव अधिकारकर्मीहरूको सक्रियतामा कास्कीमा एउटा बालविवाह रोकिएको छ । लेखनाथ नपा-१५ कोठेगाउँमा माघ १८ गते हुन लागेको एउटा बालविवाह मानव अधिकारकर्मीहरूको परामर्शपछि रोकिएको हो ।
लेखनाथ नपाकी १५ वर्षीया बालिका र म्याग्दी जिल्ला सिंगा नपा-१५ का १९ वर्षीय अशोक बिकको विवाह हुन लागेपनि मानव अधिकारकर्मीहरूको एक टोली विवाह स्थल पुगेर बेहुली पक्षलाई परामर्श दिएपछि बाल विवाह रोकिएको लेखनाथ-१५ स्थित बालमञ्चकी अध्यक्ष प्रतिभा अधिकारीले जानकारी दिइन् ।
अधिकारीले बेहुलीको उमेर १८ वर्षपुगेपछि विवाह गर्ने सहमतिमा बालविवाह रोकिएको र बेहुला पक्ष बेहुली नलिएरै फर्किएको बताइन् । बाल अधिकारकर्मी टोली संस्था, लेखनाथ नगरपालिका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागकि समाज, नारी सचेतना केन्द्रका प्रतिनिधिको सक्रियतामा विवाहको उमेर पुगेपछि विवाह गर्ने शर्त सहितको सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेपछि बेहुला पक्ष फर्किएका थिए ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखरा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…