अधिकांश मतदान केन्द्र सञ्चार विहीन
डोल्पाका ठुलीभेरी नगरपालिका र धिपुरासुन्दरी नगरपालिका बाहेक अन्य क्षेत्रमा सञ्चारको पहुँच प्रभावकारी नभएकाले प्रहरीको सञ्चार सेटमा भर पर्नु पर्ने बाध्यताले समयमै सूचना आदानप्रदान गर्न समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताए ।
उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध सेफोक्सुण्डो र छार्का ताङ्सोङ गाउँपालिका मध्ये सेफोक्सुण्डो गाउँपालिकामा सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यसैगरी डोल्पो बुद्ध गाउँपालिकामा अध्यक्ष पद बाहेक अन्य पदहरू निर्विरोध भइसकेका छन् भने अहिले अध्यक्ष पदको लागि नेकपा एमालेको तर्फबाट क्यालजङ गुरुङ र स्वतन्त्रतर्फतेम्बा गुरुङबिच प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी छार्का ताङसोङ गाउँपालिकामा अध्यक्ष पदको लागि एमालेबाट ढोटा गुरुङ र स्वतन्त्रबाट सोनाम गुरुङ र उपाध्यक्षका लागि एमालेबाट छिरिङ गुरुङ र स्वतन्त्रबाट सोनाम किजान गुरुङबिच प्रतिस्पर्धा हुने भएको छ । अन्य पदहरूमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
हाल सम्म १ सय २१ जना पदाधिकारीहरू निर्विरोध भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३१ गतेको लागि २ सय २० पदका लागि ४ सय ८३ जना चुनावी मैदानमा उत्रेका छन् । डोल्पामा ६६ मतदान केन्द्रका लागि ४ सय ५० जना म्यादी प्रहरी ३ सय ३० जना कर्मचारी तथा २ हजार ७ सय ८३ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए ।
डोल्पाका त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकालगायत मुडकेचुला र जगदुला, डोल्पो बुद्ध, काइके र छार्का ताङसोङ गाउँपालिकामा वैशाख २८ गतेबाट मतदाता परिचयपत्रसमेत वितरण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
डोल्पामा स्वच्छ र निष्पक्ष निर्वाचनका लागि इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र नियोक नामक संस्थाले अनुगमन तथा पर्यवेक्षण गर्ने अनुमति पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
विष्णु देवकोटा
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…