अदालत परिसरमै कर्मचारी महिला मृत फेला
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थायी घर भई उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीय विमलाकुमारी पराजुलीको शव असार २८ गते अदालत परिसरमै फेला परेको प्रहरीले जनाएको छ ।
उच्च अदालत विराटनगर, इलाम इजलास परिसरको फूलबारीमा विमलाकुमारीको कार्यालय पोशाकमै अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । पीडितको शवको प्रकृति हेर्दा यौनजन्य क्रियाकलापपछि हत्या जस्तो देखिए पनि अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि मात्र वास्तविकता पत्ता लाग्ने डिएसपी श्रेष्ठले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल वा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने तयारी प्रहरीले गरेको छ । असार २९ गते घटना सार्वजनिक गरिने र पीडित पक्षलाई शव बुझाउने तयारी भएको डिएसपी श्रेष्ठको भनाइ छ ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…