अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट
छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते २३ वर्षीया सौता उब्जीता सिंहले कुटपिट गरेको पीडितले आरोप लगाइन् ।
जिल्ला अदालतमा तारेख बुझाउन जाँदै गर्दा गमगढी बजारको मिलन चोकमा सौता सिंहले कुटपिट गरेको चुनमतीले बताइन् ।
ढुङ्गाले टाउकोमा प्रहार गरेपछि घाइते भएकी चुनमतीको टाउकोमा आठ ओटा टाँका लगाइएको छ । घाइतेको स्थानीय औषधि पसलमा उपचार भएको पति गोर्खराज शाहीले बताए ।
उब्जीता सिंह घरमा हुँदाहुँदै २६ वर्षीय शाहीले सोही ठाउँकी २८ वर्षीया चुनमती कुलालसँग ०७३ कात्तिक ७ गते बहुविवाह गरेका थिए । ०७३ मङ्सिर १ गते आफू माथि सौता ल्याएको आरोपमा उब्जीताले पति गोर्ख र चुनमतीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दिएकी थिइन् । मङ्सिर २३ गते जिल्ला अदालतको आदेश अनुसार दुवै जना ५१/५१ हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।
जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएपछि बेलाबेला तारेख बुझाउन जानुपर्ने चुनमतीले बताइन् ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…