अदालतबाट छुट्ने बित्तिकै विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पुनः गिरफ्तार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरू जिल्ला अदालतको आदेशबाट साधारण तारेखमा छुटेका तीन जनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वैशाख १६ गते चितवन अदालतको आदेशले साधारण तारेखमा ६ जना कार्यकर्ता छुटेका थिए ।
जसमा विरबहादुर तामाङ विरु, शिव गौतम रणदीप र पूर्णबहादुर राई पुरन अदालतको आदेशले साधारण तारेखमा छुटेलगत्तै गिरफ्तार भएका हुन् ।
चितवन अदालतको वैशाख १७ गतेको आदेशबाट उनीहरू छुटेकोमा सोही दिन बेलुकी पुनः गिरफ्तार भएका हुन् ।
फागुन २८ गते राति भरतपुर महानगरपालिका–५ को कार्यालयमा सिलिण्डर विस्फोट भएपछि प्रहरीले चितवनमा सक्रिय सो पार्टीका कार्यकर्ता गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
गिरफ्तारीमा परेका कोहीबाट पनि त्यस घटनामा संलग्नता नभेटिएपछि अदालतले साधारण तारेखमा छाडेको थियो ।
उनीहरूलाई हाल अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।
यसअघि उनीहरूमाथि बम विस्फोट, आगजनी र सङ्गठित अपराध मुद्दा दर्ता भएको थियो । यस्तो गम्भीर अपराधमा पनि उनीहरूको संलग्नता पुष्टि नभएपछि अदालतले साधारण तारेखमै उनीहरूलाई छाडेको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…