अदालतको आदेश उल्लङ्घन गर्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार
उच्च अदालतको आदेश उल्लङ्घन गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई असार ४ गते प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा रोल्पा घर भएका सो पार्टीका कास्की जिल्ला सेक्रेटरी ४३ वर्षीय जङ्गबहादुर भण्डारी, रुकुम घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष २६ वर्षीय काजी गुरुङ, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य २६ वर्षीय मिलन राई र कास्कीको अन्नपुर्ण गाउँपालिका घर भएका ३२ वर्षीय सन्तोष बिक रहेका छन् ।
उनीहरूलाई उच्च अदालत पोखराका न्यायधीशद्वय यज्ञप्रसाद बस्याल र डालकुमार खड्काको इजलासले असार ३ गते रिहा गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश पछि रिहा भएका चारजनालाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिई गएको प्रहरी टोलीले दिउँसो उच्च अदालत अगाडि मुस्ताङ चोकबाट गिरफ्तार गरेको थियो ।
यस अघि उनीहरूसँगै थप पाँच जनालाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जेठ ३० गते नै उच्च अदालत पोखराले रिहा गर्न आदेश दिएको थियो ।
रिहाई पछि सो रात उच्च अदालत बार एकाईको संरक्षणमा रहेकोमा रातको १२ बजे प्रहरीले बार एसोसियशनको भवनको ढोका खोली पुनः गिरफ्तार गरेको थियो ।
कार्यकर्तालाई पुनः गिरफ्तार गर्ने कार्य गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न माग गर्दै असार २ गते बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।
सोही रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले उनीहरू सबैलाई थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतले रिहाईको आदेश दिएपनि पुनः गिरफ्तार गर्न ठुलो सङ्ख्यामा प्रहरीहरू अदालत बाहिर तैनाथ भएपछि उनीहरूले अदालतमै रात गुजारेका थिए ।
तर, असार ४ गते दिउँसो अदालतबाट निस्कने क्रममा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, तनहुँबाट गएको प्रहरी टोलीले पुनः गिरफ्तार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको विरूद्धमा तनहुँमा राज्यद्रोह र विष्फोटक पदार्थको प्रयोग विरूद्ध मुद्दा दर्ता भएको हुँदा गिरफ्तार गरिएको जानकारी दिए ।
पुनः गिरफ्तार भएका सबैलाई जिल्ला प्रहरी कार्यालयस्थित हिरासतमा राखी अनुसन्धान गरिरहेको एसपी सिलवालले बताए ।
पुनः गिरफ्तार भएका सबैजना गत जेठ २५ गते कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट गिरफ्तार भएका थिए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…