अदालतको आदेशपछि प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता दाङ जिल्ला राप्ती गाउँपालिका–१ का ३२ वर्षीया सुरज परियार र कपिलवस्तु जिल्ला बाणगङ्गा नपा–८ का ३२ वर्षीय विष्णुबहादुर रावतलाई सर्वोच्च अदालतको आदेश पछि प्रहरीले फागुन २२ गते रिहा गरेको छ ।
आरोपितद्वयका तर्फबाट अधिवक्ता दिपेन्द्र पुन मगरले फागुन १५ गते बिना कारण गिरफ्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थिए । अदालतको आदेश पछि रिहा गरिएको सई छोटेलाल गुप्ताले बताउनु भयो ।
आरोपितद्वयलाई प्रहरीले फागुन १० गते भूमिकास्थान नपाबाट गिरफ्तार गरेको थियो । उनीहरूको स्वास्थ्य परीक्षण फागुन १० गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार…
कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार
विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कोशी कोभिड…
न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार
०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय पाउने ठूलो आशा थियो ।…
कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार
जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ४ सय ६५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९२ हजार १ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…